एजेन्सी। अक्सफोर्डको कोरोना भ्याक्सिन ऐस्ट्रेजेनेका (नेपालमा आएको कोभिशिल्ड) लगाएका व्यक्तिमा स्वास्थ्य समस्या देखिन थालेको भन्दै विभिन्न सातवटा देशले भ्याक्सिन प्रयोग गर्न प्रतिबन्ध लगाएका छन् । यस सूचीमा डेनमार्क, नर्वे, इटाली, अस्ट्रिया, आइसल्यान्ड, थाइल्यान्ड, बुल्गेरिया रहेका छन्। यी देशले उक्त भ्याक्सिनमाथि अस्थायी रूपमा रोक लगाएका हुन् ।युरोपमा अहिलेसम्म ५० लाख व्यक्तिले यो भ्याक्सिन लगाइसकेका छन् । यसमध्ये झण्डै ३० जनामा रक्त नलीमा रगत जम्न