हसिनाले बेलायतमा शरण नपाउने

आरक्षणविरोधी आन्दोलनका कारण भारत पलायन हुनुभएकी बङ्गलादेशका निवर्तमान प्रधानमन्त्री सेख हसिना वाजेदले बेलायतमा शरण नपाउने हुनुभएको छ । बङ्गलादेशको चर्को आन्दोलन थेग्न नसकेपछि भारत पलायन हुनुभएकी हसिनाले बेलायतमा शरण दिनका लागि अपिल गर्नुभएको थियो । उहाँको अपिलप्रति बेवास्ता जनाउँदै बेलायत सरकारले शरणका लागि अन्यत्र विकल्प खोज्न सुझाएको छ । बङ्गलादेशमा उत्पन्न हिंसात्मक परिस्थितिको जिम्मेवार कुनै न कुनै रूपमा हसिना भएको लक्षित गर्दै भविष्यमा हुने अनुसन्धानका कारण बेलायतमा अपेक्षित सुरक्षा प्रदान गर्न नसकिने बेलायतको विदेश मन्त्रालयले प्रस्ट पारेको छ ।

सम्बन्धित सामग्री

स्वीकृति नलिएका १५ पदाधिकारी बेलायत जान नपाउने

१८ बैशाख, काठमाडौं । बेलायतमा हुने मैत्रीपूर्ण खेलका लागि खेलाडी तथा अफिसियलको भिसा नआएको विषयमा युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव र अखिल नेपाल फुटबल संघ एन्फाका महासचिवसँग छलफल गरेका …

बेलायतमा नेपाली विद्यार्थी जागिर र कोठा नपाएर हैरान

‘बेलायतमा नेपाली घर भाडामा तथा रोजगारका अवसरहरु फेसबुक पेज’ मा एक विद्यार्थीले पीडा पोख्दै सोधेका छन्, ‘यूके आएको पनि दुई महिना भइसक्यो । अहिलेसम्म काम नपाउने म मात्र हो कि अरु पनि हुनुहुन्छ ?’ अध्ययनका लागि दुई महिना अघि आएका उनी बेलायतको बर्मिङ्हम बस्छन् । उक्त पोष्टमा जवाफ दिंदै एक जनाले सान्त्वना दिएकी छन्, ‘मैले […]

बेलायतमा नेपाली विद्यार्थीलाई जागिर र कोठा समस्या

'बेलायतमा नेपाली घर भाडामा तथा रोजगारका अवसरहरू फेसबुक पेज' मा एक विद्यार्थीले पीडा पोख्दै सोधेका छन्, 'यूके आएको पनि दुई महिना भइसक्यो । अहिलेसम्म काम नपाउने म मात्र हो कि अरु पनि हुनुहुन्छ ?'

भूतपुर्व गोर्खाहरुको नेपालका लागि बिदा अवधि ९० दिन बनाउन माग

गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतले बेलायती सेनाबाट अवकाश भएर बेलायतमा पेन्सन क्रेडिट पाइरहेका भूतपूर्व गोर्खाहरुलाई नेपाल लगायत अन्य देशमा जाँदा ९० दिन बिदा दिन माग गरेको छ । हाल उनीहरुले २८ दिन भन्दा बढी समय बेलायत बाहिर बिताउन नपाउने व्यवस्था रहेकोमा एनआरएनए यूकेले त्यस्तो व्यवस्था बदल्न अनुरोध गर्दै बेलायतका एक पूर्व राज्यमन्त्रीलाई एक मागपत्र बुझाएको …

सुनक आप्रवासी अंगीकृत हैनन् बेलायती नै हुन्

नेपालमा अंगीकृत नागरिकताका सवालमा ठूलो विवाद उत्पन्न भैरहेका बेला बेलायतमा भारतीय मूलका ऋषि सुनक प्रधानमन्त्री भएपछि यसका पक्षधरहरुमा बल थपिएको छ । आप्रवासी ऋषि बेलायतको प्रधानमन्त्री बन्न सक्छन् भने नेपालमा आप्रवासी किन नपाउने भन्ने उनीहरुको तर्क रहने गरेको छ । तर ऋीष सुनक भारतीय मूलका भए पनि बेलायती हुन, भारतीय हैनन् । यसै विषयमा ग्रेटर …

चेल्सी खरिदका लागि प्रिमियर लिगको स्वीकृति

एजेन्सी – अमेरिकी ब्यापारी टोड बोहलीलाई चेल्सी खरिद गर्ने बाटो खुल्ला भएको छ । प्रिमियर लिगको बोर्डले चेल्सीलाई खरिद गर्ने प्रस्तावलाई अनुमोदन गरेपछि अब टोडले ४.२५ बिलियन पाउण्डमा सो क्लब किन्न पाउने भएका छन् । बेलायत सरकारले हालका मालिक रोमन अब्रामोविचलाई बेलायतमा कुनै ब्यापार गर्न नपाउने बताएपछि उनले चेल्सीलाई बिक्रि गर्ने जनाएका थिए । चेल्सीलाई […]

बेलायतमा जुलाई १९ बाट लकडाउन हट्ने, खोप नलगाएकाले नाइटक्लबमा प्रवेश नपाउने

बीबीसी।बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले जुलाई १९ बाट बेलायतमा लकडाउन हटाउने घोषणा गरेका छन्।कोरोना नियन्त्रण गर्न लगाइएका सबै बन्देजहरु हटाइने उनले बताएका छन्।“महामारी सकिएको छैन।तपाईं र तपाईंको परिवारमाथि आउनसक्ने खतरा जस्ताको तस्तै छ।यसकारण जुलाई १९ को जीवन महामारीभन्दा अघि जस्तो हुने छैन”,जोनसनले भने।जुलाई १९ बाट खोप लगाएकालाई प्रवेश दिन नाइट क्लबहरुलाई भनिएको छ।सार्वजनिक यातायातमा मास्क लगाउन समेत उनले भनेका छन्।

बेलायतमा कुनै पनि भ्रष्टाचारीले स्थान नपाउने

लन्डन, (एजेन्सी) ।  संयुक्त अधिराज्यले भ्रष्टाचार विरुद्धको सरकारको नयाँ अभियानअन्तर्गत बाइस व्यक्तिमाथि कारबाही गरेको छ । यस काण्डमा मुछिएका मध्ये १४ जना रुसी नागरिक पनि रहेका छन् । सम्पत्ति रोक्का र भ्रमण प्रतिबन्धजस्ता कारबाहीमा पर्ने अन्यमा दक्षिण अफ्रिका, साउथ सुडान र ल्याटिन अमेरिकाका नागरिक रहेका छन् । बेलायती विदेशमन्त्री डोमिनिक रावले विधायकहरूलाई भनेका छन्, ‘बेलायतसँग […]