काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले कानुनविद् गोविन्दप्रसाद शर्मा कोइराला (गोविन्द बन्दी) लाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बनाएका छन् । मन्त्रीमा नियुक्त गरिएका बन्दीले आजै राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिने बुझिएको छ । प्रधानमन्त्री देउवाले गैरसांसद्लाई मन्त्री बनाएका हुन् । बन्दी गैरसांसद् रहेकाले उनले ६ महिनाभित्र संघीय संसदको सदस्य बनिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । तत्कालीन […]