अधिवक्ता गोविन्द बन्दीले राष्ट्रपति विद्यादेवी भण्डारीले एकपछि अर्को गरेर असंवैधानिक काम गरेकोले प्रश्नहरु उठेको स्पष्ट पारेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । संसद्बाट सरकार दिने विकल्प हुने बेलासम्म संसद् विघटन गर्ने अधिकार नभएको पनि उनले उल्लेख गरेका छन् । […]