काठमाडाैं : जापानको टोकियोमा जारी ३२ औँ गृष्मकालिन ओलम्पिकमा नेपालकी पौडी खेलाडी गौरिका सिंह पहिलो हिटबाटै बाहिरिइन्।१ सय मिटर फ्रिस्टाइलमा उनले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान भंग त गरिन्। तर अर्को चरणमा पुग्ने सपना भने अधुरै राखिन्।यस स्पर्धामा प्रतिस्पर्धा उत्रिएका ५२ खेलाडीमध्ये गौरिका ५१ औं स्थानमा रहिन्। टोकियो एक्वेटिक सेन्टरमा आज सम्पन्न खेलमा गौरिकाले राष्ट्रिय कीर्तिमान बनाएकी हुन्।हिट चरणमा गौरिकाले १ मिनेट ०० दशमलव ११ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाउन स