रंगशाला निर्माणका लागि २२ लाख सहयोग

चितवन : पूर्वेली समाज चितवनले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आर्थिक सहयोग गरेको छ। भरतपुरमा एक कार्यक्रम गरी समाजले संकलन गरेको २२ लाख ३५ हजार ५ सय ५५ रुपैयाँ धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल 'धुर्मुस'लाई हस्तान्तरण गरेको हो। पूर्वेली समाजले संस्थागत रुपमा ५ लाख, डा. तिलचन्...

सम्बन्धित सामग्री

साईन्स ल्याव निर्माणका लागि लायन्सद्वारा रकम हस्तान्तरण

कास्की । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालले म्याग्दी बेनी स्थित म्याग्दी बहुमुखि क्याम्पसलाई साईन्स ल्याब निर्माणका लागि रकम हस्तान्तरण गरेको छ । बुधवार म्याग्दी स्थित आठ वटा लायन्स क्लबको संयुक्त पदस्थापन समारोहमा लायन्स अन्तर्राष्ट्रियबाट प्राप्त करिव एक करोड २२ लाख रूपैयाको चेक (९१,९२२ अमेरिकी डलर) हस्तान्तरण गरेको हो । समारोहका प्रमुख अतिथि लायन्सका एलसिआईएफ एरिया […]

इटहरीमा बसपार्क बनाउन नगर विकास कोषसँग सम्झौता

काठमाडौँ,२० माघ । इटहरी उपमहानगरपालिकामा आधुनिक बसपार्क निर्माण हुने भएको छ । तीन तले सुविधा सम्पन्न बसपार्क निर्माणका लागि नगर विकास कोषसँग सम्झौता भएको उपमहानगरले जनाएको छ । कुल रू १६ करोड २२ लाख १८ हजार लागतमा आधुनिक बसपार्क निर्माणको सम्झौता भएको उपमहानगरपालिकका प्रमुख हेमकर्ण पौडेलले जानकारी दिए । इटहरी उपमहानगरका प्रमुख हेमकर्ण पौडेल र […]

धुलो दूधको कारखाना उत्पादनको तयारीमा

बागमती प्रदेश सरकारले गौरबको आयोजनाको रुपमा लिएको धुलो दूधको कारखानाले अब उत्पादन दिने तयारीमा पुगेको छ । हेटौँडा उपमहानगरपालिका–१० सिसौघारीको दुई बिघा जमिनमा सरकारले रु ४१ करोड २२ लाख ७१ हजारको लगानीमा निर्माण गरेकोे सो कारखानामा पाउडर प्लाण्टको उपकरण जडान गर्ने काम अन्तिम चरणमा पुगिसकेको प्रादेशिक कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । दुग्ध उत्पादक किसानले उत्पादन गरेको दूध खेर जान नदिन प्रदेश सरकारले एक वर्षभित्र हेटौँडामा दुग्ध पाउडर प्लान्ट निर्माणका लागि आर्थिक वर्ष २०७

भूमिगत सिँचाइमा सवा अर्ब प्रस्ताव

भूमिगत जल सिँचाइ विकास समितिले आर्थिक वर्ष २०६७/६८ मा स्यालो र डीप ट्युबवेल निर्माणका लागि रु. १ अर्ब २२ करोड विनियोजन गरेको छ । यो रकम तराईका २२ जिल्ला र अन्य सम्भावित क्षेत्रमा भूमिगत सिँचाइका लागि खर्च गरिनेछ । सोबाहेक भारत सरकारले स्यालो ट्युबवेल निर्माणका लागि यसै आवमा ३१ करोड रुपैयाँ अनुदान दिने भएको छ । अनुदान सहयोगबाट तराईका ९ जिल्लामा २७ सय स्यालो ट्युबवेल निर्माण गरिने समितिका कार्यकारी निर्देशक प्रमोदराज शर्माले जानकारी दिए । गत आवमा भारत सरकारको अनुदान सहयोगमा धनुषा, महोत्तरी र सिरहामा गरी १ हजार ३ सय ५० स्यालो ट्युबवेल निर्माण भएको थियो । गत आवमै अन्वेषणात्मक अध्ययन गरिएका मिडियम डेरुथ ट्युबवेल चालू आवमा निर्माण गरिने कार्यक्रम छ । समितिले अध्ययन क्रममा पाँच वटा मिडियम डेरुथ ट्युबवेल निर्माण गरेको थियो । स्यालो सम्भव नभएको ठाउँमा डीप अत्यधिक खर्चिलो हुने हुँदा मिडियम डेरुथ ट्युबवेल निर्माण गरिएको हो । एउटा मिडियम ट्युववेल निर्माण गर्न कुल २२ लाख रुपैयाँ खर्च हुन्छ । यस्तो ट्युबवेलबाट ५० देखि ९० मीटर गहिराइसम्मको पानी निकाल्न सकिन्छ । यसबाट प्रति ट्युबवेल २० देखि २२ हेक्टर जमीनमा सिँचाइ सुविधा पुर्‍याउन सकिने निर्देशक शर्माको भनाइ छ । गत आवको अन्त्यसम्म तराईका २२ जिल्लामा ७ हजार ७ सय स्यालो र १२ वटा डीप ट्युबवेल निर्माण सम्पन्न भएको छ । वर्ष ५ अंक ४९, २०६७, साउन २४–३०

यस वर्ष करीब २५ गुणाले बढ्यो नेशनल हाइड्रोको नाफा

मंसिर १९,काठमाडौ । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण आइतवार सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार यस वर्ष गत वर्षभन्दा २४ दशमलव ७२ गुणाले कम्पनीको खुुद नाफामा वृद्धि भएको छ । गत वर्ष रू. २ करोड ३७ लाख ६५ हजार खुद नाफा गरेको कम्पनीले यस वर्ष रू. ५८ करोड ७४ लाख ४३ हजार यो नाफा गरेको हो । गत वर्षभन्दा यस वर्ष कम विद्युत् विक्री गरेको कम्पनीको राइट ब्याक प्रोभिजनका कारण नाफामा उल्लेख्य वृद्धि भएको हो ।  राइट ब्याक प्रोभिजन अघि रू. २ करोड ९८ लाख ३ हजार नोक्सानीमा रहेको कम्पनीले रू. ६१ करोड ७२ लाख ४७ हजार राइट ब्याक प्रोभिजन गरेकाले खुद नाफा गर्न सफल भएको हो । कम्पनीको विद्युत विक्री आम्दानी गत वर्षको भन्दा घटेको छ । गत वर्ष विद्युत विक्रीबाट रू. ६ करोड ६४ लाख १४ हजार आम्दानी गरेको कम्पनीले यस वर्ष साढे ७९ प्रतिशत कम रू. १ करोड ३५ लाख ७६ हजार मात्र विद्युुत् विक्रीबाट आम्दानी गरेको हो ।  विद्युत् विक्री आम्दानीमा कमि र व्यवस्थापकीय खर्च वृद्धि भएसँगै कम्पनी रू. १ करोड ४७ लाख ४१ हजार सञ्चालन घाटामा रहेको थियो । हाल कम्पनीको चुक्तापूूँजी रू. १ अर्ब ३८ करोड ५९ लाख ११ हजार छ । खुद नाफामा उल्लेख्य वृद्धि भएसँगै गत वर्षसम्म रू. ३८ ककरोड  १० लाख ६८ हजार ऋणात्मक रहेको जगेडा कोष रकम ऋणात्मक अवस्थादेखि सुधारिएर रू. २३ करोड २२ लाख ३८ हजार कायम भएको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. ४१ दशमलव ३१ र प्रतिशेयर नेटवर्थ रू. ११६ दशमलव ७६ छ ।   सरकारले कम्पनीलाई ४ दशमलव ५ मेगावाट क्षमताको तल्लो इन्द्रावती जलविद्युत् आयोजना निर्माणका लागि कात्तिक २८ गते अनुमति दिइसकेको छ । बोलकबोल माध्यमबाट अनुमति पत्र प्रदान गर्ने नीति लिएर गराइएकोे प्रतिस्पर्धामा कम्पनीको प्राविधिक तथा आर्थिक प्रस्ताव सर्वोत्कृष्ट ठहरिएको थियो । उक्त आयोजनामा गरिएको लगानीमध्ये रू. ६१ करोड ७२ लाख ४७ हजार राइट ब्याक प्रोभिजन गरिएको जानकारीसमेत कम्पनीले दिएको छ । यो पनि हेर्नुस् : नेशनल हाइड्रोले पायो तल्लो इन्द्रावतीको सर्भेे लाइसेन्स चौथो त्रैमासमा नेशनल हाइड्रोपावर २ करोड २१ लाख नोक्सानीमा

सर्वोच्चद्वारा न्यायिक संग्रहालय स्थापना

संग्रहालय न्याय क्षेत्रका विभिन्न व्यक्तित्व तथा विद्यार्थीहरूका लागि अध्ययनको केन्द्र हुनसक्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । संग्रहालयको पूर्वाधार निर्माणका लागि २२ लाख रुपैयाँ खर्च भएको उहाँले जानकारी दिनुभयो ।

रंगशालाका लागि दुबईमा उठ्यो २२ लाख सहयोग

काठमाडौं । धुर्मुस सुन्तली फाउण्डेशनले जनस्तरबाट निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि दुबईबाट २० सहयोग...