बागमती प्रदेश सरकारले गौरबको आयोजनाको रुपमा लिएको धुलो दूधको कारखानाले अब उत्पादन दिने तयारीमा पुगेको छ । हेटौँडा उपमहानगरपालिका–१० सिसौघारीको दुई बिघा जमिनमा सरकारले रु ४१ करोड २२ लाख ७१ हजारको लगानीमा निर्माण गरेकोे सो कारखानामा पाउडर प्लाण्टको उपकरण जडान गर्ने काम अन्तिम चरणमा पुगिसकेको प्रादेशिक कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । दुग्ध उत्पादक किसानले उत्पादन गरेको दूध खेर जान नदिन प्रदेश सरकारले एक वर्षभित्र हेटौँडामा दुग्ध पाउडर प्लान्ट निर्माणका लागि आर्थिक वर्ष २०७