कीर्तिपुरको आइसोलेसनबाट भागेका थुनुवा कालिमाटीमा पक्राउ

कीर्तिपुर स्थित कोभिड आइसोलेशन सेन्टरबाट भागेका थुनुवालाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुली घर भएका राहुल तामाङ आइसोलेशनको शौचालयबाट भागेका थिए । तामाङलाई कालिमाटी स्थित फोहोर संकलन केन्द्र नजिकैबाट पक्राउ गरिएको  महानगरीय प्रहरी वृत्त कीर्तिपुरका डिएसपी ठाकुर पोखरेलले रातोपाटीलाई बताए ।महानगरीय प्रहरी वृत थानकोटले उनलाई लागु औषध मुद्दामा पक्राउ गरेको थियो । कोभिड पोजेटिभ रिपोर्ट आएपछि उनलाई आइसोलेशनमा राखिएको थियो । मंगलबार दिउँसो शौचालयबाट प्रहरीको आँखा छलेर उनी भागेका थिए ।

सम्बन्धित सामग्री

प्रहरी थुनुवा कक्षबाट भागेका युवक पक्राउ

धनगढी– कञ्चनपुरको महेन्द्रनगर वडा प्रहरी कार्यालयको भेन्टिलेसन तोडेर भागेका एक थुनुवालाई प्रहरीले पुन: पक्राउ गरेको छ। बुधबार राति थुनुवा कक्षको भेन्टिलेटर तोडेर भागेका बेलौरी नगरपालिका–६ हात्तिबोझाका २६ वर्षीय विरेन्द्र बडायकलाई प्रहरीले भीमदत्त नगरपालिकाको भाँसीबाट बिहीबार बिहान पक्राउ गरेको हो।  कञ्चनपुर प्रहरीका अनुसार बडायक इलाका प्रहरी कार्यालय बेलौरीमा लागूऔषध सम्बन्धी मुद्दा दर्ता भई १९ साउनदेखि वडा […]

उपचारका क्रममा क्लिनिकबाट भागेका थुनुवा एक महिनापछि पक्राउ

महोत्तरी कारागारका थुनुवा कृष्णकुमार यादव गत चैत २४ गते बिरामी भई उपचारका लागि जनकपुर लगिएका बेला चिकित्सकको क्लिनिकबाटै भागेका थिए।

हिरासत फोडेर भागेका २ थुनुवा अझै पक्राउ पर्न सकेन

३ फागुन, जनकपुरधाम । धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत फोडेर भागेका दुई थुनुवा अझै पक्राउ पर्न सकेका छैनन् । पुस १५ गते राति हिरासत फोडेर विभिन्न मुद्दाका ६ जना थुनुवा फरार भएका थिए । जसमध्ये योजनाकारसहित चारजनालाई प्रहरीले एक साताभित्रै पक्राउ गर्न सफल भएको थियो । तर, दुई सात्ता बित्दासमेत हातहतियार तथा खरखजाना […]

उपचारका क्रममा वीर अस्पतालबाट भागेका थुनुवा पक्राउ

काठमाण्डाै - उपचारको क्रममा वीर अस्पतालबाट भागेका थुनुवालाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा ३ घर भइ केन्द्रीय कारागार जगन्नाथ देवलमा थुनामा रहेका ४५ वर्षका राजेश तिरुवा उपचारका क्रममा वीर अस्पतालबाट चैत २९ गते भागेका थिए । फरार तिरुवालाई हिजो काठमाण्डौको बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १२ राधाकृष्ण मन्दिर नजिकबाट पक्राउ गरेको  प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।

उपचारको क्रममा वीर अस्पतालबाट भागेका थुनुवा पक्राउ

केन्द्रीय कारागारमा थुनामा रहेर उपचारको क्रममा भागेका थुनुवालाई प्रहरीले पक्राउ गरेको छ । २०७८ चैत २९ मा उपचारको क्रममा वीर अस्पतालबाट भागेका ४५ वर्षीय राजेश तिरुवालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–३ घर भएका तिरुवा बलात्कार मुद्दामा केन्द्रिय कारागारमा थुनामा थिए । ‘प्यारालाइसिस’ भएको बताएपछि कारागार प्रशासनले उनलाई उपचारका लागी वीर अस्पतालमा भर्ना गरेको थियो । सुरक्षामा खटिएका ४

अदालतबाट भागेका थुनुवा पक्राउ

दुई हप्ताअघि वकपत्रका लागि जिल्ला अदालत धुलिखेल लैजाँदा प्रहरीलाई झुक्याएर परिसरबाटै भागेका थुनुवालाई पक्राउ गरिएको छ । चोरी, डाँका मुद्दामा संलग्न भई जिल्ला कारागार धुलिखेलमा रहेका खानीखोला गाउँपालिका–६ का सुनिल वाइवालाई भक्तपुरको ठिमीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।यही भदौ ९ गते अदालत परिसरबाट भागेका थुनुवा वाइवा काभ्रेपलाञ्चोक र भक्तपुरको सीमा साँगासम्म हिँडेर त्यहाँबाट गाडी चढी भक्तपुरतर्फ गएको अनुसन्धानबाट खुलेको प्रहरीद्वारा आज आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक भूपेन्द्रब

अदालतबाट भागेका थुनुवा पक्राउ

काठमाडौँ– दुई हप्ताअघि वकपत्रका लागि जिल्ला अदालत धुलिखेल लैजाँदा प्रहरीलाई झुक्याएर परिसरबाटै भागेका थुनुवालाई पक्राउ गरिएको छ । चोरी, डाँका मुद्दामा संलग्न भई जिल्ला कारागार धुुलिखेलमा रहेका खानीखोला गाउँपालिका–६ का सुनिल वाइवालाई भक्तपुरको ठिमीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । यही भदौ ९ गते अदालत परिसरबाट भागेका थुनुवा वाइवा काभ्रेपलाञ्चोक र भक्तपुरको सीमा साँगासम्म हिँडेर […]

प्रहरीको गाडीबाटै भागे थुनुवा

जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका एक थुनुवा प्रहरीको गाडीबाटै भागेका छन् ।