उपचारका क्रममा वीर अस्पतालबाट भागेका थुनुवा पक्राउ

काठमाण्डाै - उपचारको क्रममा वीर अस्पतालबाट भागेका थुनुवालाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा ३ घर भइ केन्द्रीय कारागार जगन्नाथ देवलमा थुनामा रहेका ४५ वर्षका राजेश तिरुवा उपचारका क्रममा वीर अस्पतालबाट चैत २९ गते भागेका थिए । फरार तिरुवालाई हिजो काठमाण्डौको बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १२ राधाकृष्ण मन्दिर नजिकबाट पक्राउ गरेको  प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।    

सम्बन्धित सामग्री

प्यारालाइसिसको बहाना बनाएर वीर अस्पतालबाट भागेका थुनुवा पक्राउ

काठमाडौं । प्यारालाइसिसको बहाना बनाएर वीर अस्पतालबाट उपचारका क्रममा फरार भएका थुनुवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–३ कुञ्‍चोक करमडाँडा का ४५ वर्षीय राजेश तिरुवा छन् । बलात्कार मुद्दामा उनी केन्द्रीय कारागार जगन्नाथ देवलमा थुनामा थिए । आफूलाई प्यारालाइसिस भएको बताएपछि उनलाई उपचारका लागि वीर अस्पताल लगिएको थियो । सोही...