खुर्काेटस्थित सुनकोशीमा बेलिब्रिज जडान भएपछि बिपी राजमार्गमा यातायात सञ्चालन

गत असोज १० गतेदेखि १३ गतेसम्म परेको अविरल वर्षाले पुल बगाएपछि अवरुद्ध बिपी राजमार्गमा यातायात सञ्चालन भएको छ

सम्बन्धित सामग्री

बेलिब्रिज बनेपछि यातायात सञ्चालन

बाढीपहिरोले बगाएको बाह्रबिसे नगरपालिका–३, खाग्दलखोलामा बेलिब्रिज निर्माण कार्य सम्पन्न भएको छ । बेलिब्रिज निर्माणसँगै तातोपानी नाकाबाट राजधानी छिर्न लागेका मालवाहक कन्टेनर

बेनी–जोमसोम सडकखण्ड दैनिक ६ घण्टा बन्द

म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक सोमबारदेखि दैनिक ६ घण्टा यातायात सेवा बन्द हुन थालेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ रुप्से झरना क्षेत्रमा पहिरो रोकथाम, ‘बेलिब्रिज’ निर्माण र सडक विस्तारका लागि यातायात सञ्चालन गर्ने समयतालिका बनाइएको हो । प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले २०८० वैशाख ४ देखि २० गतेसम्म […]

डोल्पाको त्रिपुराकोट पुग्यो गाडी

सुर्खेत : ट्र्याक खुलेको पाँच वर्षपछि जाजरकोटबाट डोल्पाको त्रिपुराकोटसम्म सिधा यातायात सेवा सञ्चालनमा आएको छ। भेरी नदीको बिच बिचमा बेलिब्रिज  निर्माण भएपछि सिधा यातायात सञ्चालन हुन थालेको हो।करपगाड र खदाङमा बेलिब्रिज बनेपछि यो सम्भव भएको हो। दुई ठाउँमा बेलिब्रिज बनेपछि मालबाहक तथा सवारी साधन त्रिपुराकोटसम्म पुगेका हुन्। डोल्पाको त्रिपुरासुन्दरी नगरपालिको त्रिपुराकोटमा गाडी पुगेपछि स्थानीय हर्षित छन्।  त्रिपुराकोटकी मनमाया न्यौपानेले सडक पहिल्यै बने पनि गाडी ढिल

लेतेखोलामा मोटर चल्ने पुल निर्माण

मुस्ताङ । राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका–४ स्थित लेतेखोलामा मोटर चल्ने पक्की पुल निर्माण गरिएको छ । उक्त सडक आयोजनाले लेतेखोलामा ४० मिटर लामो मोटरेबल पुल निर्माण गरेको हो । पुल निर्माणका लागि २०७५ भदौमा ६ करोड २० लाखमा गजुरमुखी निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको थियो ।      आयोजनाका व्यवस्थापक नरेन्द्र न्यौपानेले निर्माण गरिएको पुल यातायात सञ्चालनका लागि योग्य भएको जानकारी दिए । ‘छेउमा रेलिङ राख्ने र रङरोगन गर्ने काम हिमपातले रोकिए पनि गाडी चलाउन सकिन्छ,’ उनले भने, ‘पहुँचमार्ग र पुलको संरचनाको निर्माण सकिएको छ । बाँकी काम सकेर हस्तान्तरणको तयारीमा छौं ।’ लेतेखोलामा हाल अस्थायी बेलिब्रिजबाट यातायात सञ्चालन हुँदै आएको छ । पक्की पुल निर्माण भएसँगै लेतेखोलाको बेलिब्रिज अन्यत्र स्थानान्तरण गर्ने तयारी भएको आयोजनाले बताएको छ ।       एक सय छयासी किलोमिटर दूरीको बेनी –जोमसोम–कोरला सडकमा लेतेखोलासहित नौओटा मोटरेबल पुल निर्माण गरिएको र बाह्रओटा पुल निर्माणाधीन अवस्थामा रहेको आयोजना प्रमुख जगत प्रजापतिले बताए । रासस

वार्षिक ८० लाखको खर्चमा फोक्सिङ्टारमा सात वर्षदेखि अस्थायी बेलिब्रिज

पुस ५, खोटाङ । सगरमाथा राजमार्गअन्तर्गत फोक्सिङ्टारस्थित सुनकोशीमा अस्थायी बेलिब्रिज जडान गर्दा हासम्म रू. पाँच करोडभन्दा बढी राज्य कोषको रकम खर्च भइसकेको छ ।  जिल्लालाई पूर्वी शहरसँग जोड्ने दिक्तेल–गाईघाट सडकखण्डअन्तर्गत खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने फोक्सिङटारमा बिगत सात वर्षदेखि अस्थायी बेलिब्रिज जडान गरेर यातायात सञ्चालन गर्दै आइएको छ ।  पक्की पुल निर्माण भइरहेको फोक्सिङ्टारस्थित सुनकोशी नदीमा यस वर्ष गाईघाट–दिक्तेल सडक आयोजनाको रू. ७८ लाखमा रेग्मी–भानुमती–चौधरी जेभीले अस्थायी बेलिब्रिज जडान गरेर बिहीवारदेखि सञ्चालनमा ल्याएको छ । हिउँदभरी सञ्चालन गर्ने र वर्षा शुरु हुने बित्तिकै झिक्न गरी करीब ५० मिटर लम्बाई भएको फोक्सिङटारस्थित सुनकोशी नदीमा अस्थायी बेलिब्रिज जडान गर्ने गरिएको हो ।  १०० किमी लामो गाईघाट–दिक्तेल सडकखण्डमा पर्ने फोक्सिङटारस्थित सुनकोशीमा अस्थायी बेलिब्रिज सञ्चालनमा आएसँगै दिक्तेलबाट सिधैँ गाईघाट हुँदै धरान, बिराटनगरलगायत शहर जाने दोस्रो छोटो बाटो खुलेको छ । फोक्सिङ्टारमा अस्थायी बेलिब्रिज नहुँदा खोटाङ जिल्लाका अधिकांश स्थानीयबासी दिक्तेलबाट घुर्मी–कटारी हुँदै पूर्वी शहर आउने र जाने गरेका छन् ।  फोक्सिङटारमा पक्की पुल नहुँदा अस्थायी बेलिब्रिज जडान गर्न वार्षिक रू. ८० लाखको हाराहारीमा राज्य कोषको रकम खर्च हुने गरेको गाईघाट–दिक्तेल सडक कार्यालयका प्रमुख इञ्जिनीयर गोपाल खकुरेलले जानकारी दिए । ‘फोक्सिङ्टारमा अस्थायी बेलिब्रिज जडान गर्दा अहिलेसम्म रू. पाँच करोडभन्दा बढी खर्च भइसकेको छ’, उनले भने, ‘निर्माणाधीन पक्की पुलको काम यस वर्ष पनि सम्पन्न हुने अवस्था छैन । अर्को वर्ष पनि पुनः अस्थायी बेलीब्रिज जडान गर्नुपर्ने अवस्था छ ।’ गाईघाट–दिक्तेल सडक कालोपत्रको काम भइरहेको छ । सडक निर्माण भएको २७ वर्षसम्म धुलाम्मे अवस्थामा सञ्चालन हुँदै आएको सडक वर्षायाममा सञ्चालन हुने सकेको छैन । फोक्सिङ्टारमा निर्माणाधीन आर्क डिजाइनको पक्की पुल समयमा निर्माण सम्पन्न हुन नसक्दा सुनकोशीमा पानीको बहाव घटेपछि लगाइने र वर्षायाम शुरु भएपछि झिक्ने अस्थायी बेलिब्रिजले हिउँदमा मात्र दिक्तेल–गाईघाट सिधा यतातयात सञ्चालन हुन्छ । फोक्सिङ्टारमा अस्थायी बेलीब्रिज जडान गरेपछि तराईका जिल्ला जोड्ने छोटो मार्ग दिक्तेल–गाईघाट सडक करीब ६ महीनामात्र सञ्चालन हुन्छ । जिल्लामा खपत हुने दैनिक उपभोग्यवस्तु तथा निर्माण सामग्री सोही दिक्तेल–गाईघाट सडक भएर भित्र्याउने गरिन्छ । सिधा यातायात बिच्छेद भएपछि घुर्मी–कटारी हुँदै जिल्ला भित्र्याइने सामग्री महङ्गो हुने गरेको छ । गाईघाट हुँदै फोक्सिङटारबाट प्रतिकिलो साढे रू. ३ देखि ४ मा जिल्ला भित्रिने निर्माण सामग्री कटारी हुँदै जयरामघाटबाट भित्र्याउँदा प्रतिकिलो रू. साँढे ५ मा भित्रिने गरेको उद्योग वाणिज्य संघका महासचिव मनोज बजिमयले जानकारी दिए । फोक्सिङटारमा पक्की पुल निर्माणको कामले अपेक्षित गति लिन नसक्दा विकल्पमा सात वर्षदेखि अस्थायी बेलिब्रिज राख्ने गरिएको हो । फोक्सिङटारमा नौँ वर्षअघि मोटरेबल पुलको ठेक्का लागेर निर्माण शुरु गरिएपनि ठेकेदारको चरम लापारबाहीले हालसम्म सम्पन्न भएको छैन । सडक विभागको रू. १९ करोड ६० लाख नौ हजार ९४१ लगानीमा पार्वती–वाईपी जेभीले फोक्सिङ्टारमा १२० मिटर लामो मोटरेबल पुल निर्माणको काम शुरु गरेको थियो । नौ वर्षअघि पुल निर्माणको ठेक्का पारेको पार्वती–वाईपी जेभीले पुलको काम सन्तोषजनक नगरी अलपत्र पारेको स्थानीय बासिन्दाले बताएका छन् । विसं २०६९ चैत २३ गते सम्झौता गरेर २०७३ चैत २२ गते पुल निर्माणको सम्पूर्ण काम गरिसक्नुपर्ने सम्झौतामा उल्लेख गरिएको थियो । तोकिएको समयमा पुल निर्माणको काम नसकिएपछि पटकपटक म्याद थप गर्दै काम नगरेपछि पुल निर्माणको कामले गति लिनै सकेन । पहिलो म्याद गुजारेको ठेकेदार कम्पनीले क्रमशः २०७५ चैत ३० गतेसम्म र २०७७ पुस १३ गतेसम्म म्याद थपेपनि काम सम्पन्न गरेको छैन ।  चार वर्षमा सक्नुपर्ने पक्की पुलको काम नौँ वर्ष बित्दा भर्खर भौतिक प्रगति ४० प्रतिशत र वित्तीय प्रगति ३६ प्रतिशत मात्रै भएको पाइएको छ । जमिनको अप्ठ्यारो काम सकिएकाले बढीमा जेठसम्म पुल सञ्चालन गर्ने तयारी भइरहेको ठेकेदार कम्पनीका प्रतिनिधि रामकुमार थापाले दाबी गरेका छन् । रासस

फोक्सिङ्टारमा सात वर्षदेखि अस्थायी बेलिब्रिज

खोटाङ । सगरमाथा राजमार्गअन्तर्गत फोक्सिङ्टारस्थित सुनकोशीमा अस्थायी बेलिब्रिज जडान गर्दा हासम्म रु पाँच करोडभन्दा बढी राज्य कोषको रकम खर्च भइसकेको छ । जिल्लालाई पूर्वी सहरसँग जोड्ने दिक्तेल–गाईघाट सडकखण्डअन्तर्गत खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने फोक्सिङटारमा बिगत सात वर्षदेखि अस्थायी बेलिब्रिज जडान गरेर यातायात सञ्चालन गर्दै आइएको छ...

सुनकोसी नदीमा बेलिब्रिज सञ्चालन

सुनकोसी नदीको फोक्सिङटारमा बिहीबारदेखि बेलिब्रिज सञ्चालनमा आएको छ । गाईघाट दिक्तेल सिधा यातायात सञ्चालन गर्न सुनकोसी नदीमा बेलिब्रिज जडान गरिएको हो । हिउँदे मौसममा सुनकोसी नदीको फोक्सिङटारमा बेलिब्रिज जडान गरिँदै आएको छ । उदयपुर र खोटाङ सदरमुकामलाई यातायात मार्गमा सिधा जोड्न बर्सेनि अस्थायी बेलिब्रिज जडान गरिन्छ ।

कर्णाली कोरिडोरमा पाँच पुल बन्ने

काठमाडौं । उत्तर–दक्षिण कोरिडोर अन्तर्गतको कर्णाली कोरिडोरमा चालू आवमा पाँच पुल निर्माणका लागि ठेक्का प्रक्रिया हुने भएको छ । हालसम्म एउटा मात्रै पुल निर्माणका लागि प्रक्रिया अघि बढाइएकोमा चालू आवमा पाँच पुल ठेक्का गरिने कर्णाली कोरिडोर हिल्सा–सिमकोट सडक योजनाले बताएको छ । हिल्सा सरिसल्ला खण्ड अन्तर्गत हाल चार पुल निर्माणको क्रममा रहेको योजनाका प्रमुख बिसुनदास लामाले बताए । पहिलो चरणमा हेप्का, ताग्रु, सल्ली, यङ्गार पुल निर्माण गर्न लागिएको हो । ‘यी पुल बनेपछि पनि स्थानीयवासीलाई आवतजावतमा सजिलो हुनेछ,’ उनले भने । यसअघि नै खार्पुनाथमा पक्की पुल र छारे लेप्चेमा दुई बेलिब्रिज राख्न ठेक्का भई सम्झौता भइसकेको छ । तत्काल पुल आवश्यक भएकामा बेलिब्रिज राखिने भए पनि कर्णाली नदीको वहाब कम नभएसम्म राख्न नसकिने प्रमुख लामाले बताए । नदीको सतह घट्नासाथ मङ्सिरको पहिलो सातासम्म बेलिब्रिज निर्माणस्थलमा पु¥याउने लक्ष्य लिइएको छ । कोरिडोरमा निर्माण गर्नुपर्ने स्याम्ने, लाली, सुनाखडा, गोठी, न्यासी र सरिसल्ला पुलका लागि समेत बजेट विनियोजन भइसकेको छ । सो पुलको ‘डिजाइन एण्ड बिल्ड’ विधिबाट मङ्सिरको अन्तिमसम्ममा ठेक्का गर्ने तयारी भइरहेको छ । सरिसल्लाको कर्णाली नदीमा पक्की पुल नबनेसम्म फेरी (गाडी वारपार गर्ने डुंगा) समेत राखेर यातायात सञ्चालन गरिने प्रमुख लामाले बताए । राष्ट्रिय गौरवको कर्णाली कोरिडोरको निर्माण सम्पन्न हुने क्रममा हुँदा पुल निर्माण पनि अघि बढाउन लागिएको हो । कुल १४५ किमी लम्बाइको कोरिडोर हाल १० किमी मात्रै ट्र्याक खोल्न बाँकी छ । हिमाली जिल्ला भएकाले हिउँदमा काम गर्न कठीन भएको योजनाले बताएको छ । रासस

बेलिब्रिज बनाइएपछि बुटवल–बर्दघाट खण्डमा २१ दिनपछि यातायात सञ्चालन

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको तुरिया खोलामा बेलिब्रिज निर्माण गरिएपछि २१ दिनदेखि अवरुद्ध सडक खुलेको छ । भदौ १० गतेको बाढीले पुल भासिँदा बुटवल–बर्दघाट सडकखण्डमा यातायात सञ्चालन हुन सकेको थिएन ।