कर्णाली कोरिडोरमा पाँच पुल बन्ने

काठमाडौं । उत्तर–दक्षिण कोरिडोर अन्तर्गतको कर्णाली कोरिडोरमा चालू आवमा पाँच पुल निर्माणका लागि ठेक्का प्रक्रिया हुने भएको छ । हालसम्म एउटा मात्रै पुल निर्माणका लागि प्रक्रिया अघि बढाइएकोमा चालू आवमा पाँच पुल ठेक्का गरिने कर्णाली कोरिडोर हिल्सा–सिमकोट सडक योजनाले बताएको छ । हिल्सा सरिसल्ला खण्ड अन्तर्गत हाल चार पुल निर्माणको क्रममा रहेको योजनाका प्रमुख बिसुनदास लामाले बताए । पहिलो चरणमा हेप्का, ताग्रु, सल्ली, यङ्गार पुल निर्माण गर्न लागिएको हो । ‘यी पुल बनेपछि पनि स्थानीयवासीलाई आवतजावतमा सजिलो हुनेछ,’ उनले भने । यसअघि नै खार्पुनाथमा पक्की पुल र छारे लेप्चेमा दुई बेलिब्रिज राख्न ठेक्का भई सम्झौता भइसकेको छ । तत्काल पुल आवश्यक भएकामा बेलिब्रिज राखिने भए पनि कर्णाली नदीको वहाब कम नभएसम्म राख्न नसकिने प्रमुख लामाले बताए । नदीको सतह घट्नासाथ मङ्सिरको पहिलो सातासम्म बेलिब्रिज निर्माणस्थलमा पु¥याउने लक्ष्य लिइएको छ । कोरिडोरमा निर्माण गर्नुपर्ने स्याम्ने, लाली, सुनाखडा, गोठी, न्यासी र सरिसल्ला पुलका लागि समेत बजेट विनियोजन भइसकेको छ । सो पुलको ‘डिजाइन एण्ड बिल्ड’ विधिबाट मङ्सिरको अन्तिमसम्ममा ठेक्का गर्ने तयारी भइरहेको छ । सरिसल्लाको कर्णाली नदीमा पक्की पुल नबनेसम्म फेरी (गाडी वारपार गर्ने डुंगा) समेत राखेर यातायात सञ्चालन गरिने प्रमुख लामाले बताए । राष्ट्रिय गौरवको कर्णाली कोरिडोरको निर्माण सम्पन्न हुने क्रममा हुँदा पुल निर्माण पनि अघि बढाउन लागिएको हो । कुल १४५ किमी लम्बाइको कोरिडोर हाल १० किमी मात्रै ट्र्याक खोल्न बाँकी छ । हिमाली जिल्ला भएकाले हिउँदमा काम गर्न कठीन भएको योजनाले बताएको छ । रासस

सम्बन्धित सामग्री

कर्णाली पुल केही समयका लागि बन्द, वैकल्पिक बाटो अपनाउन आग्रह

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले कर्णाली पुल केही समयका लागि बन्द गरिएकोले वैकल्पिक बाटो अपनाउन आग्रह गरेको छ। उक्त पुलमा सोमबार साँझ  भएको आगलागीबाट आंशिकरूपमा क्षति भएकाले आज बिहान क्षतिको स्थलगत निरीक्षणपछि...

कर्णाली पुल नजिकैकाे पहाड भासियो

मर्मत सम्भारको अभावमा जीर्ण बन्दै गएको कर्णाली पुल पहिरोको समेत जोखिममा छ। पुलको उत्तर पूर्वतर्फ ठूलो पहिरो गएको छ। पुलदेखी नजिकैको पहाड भासिएको छ।...

जीर्ण बन्दै कर्णाली पुल

टीकापुर, साउन २१ । सुदूरपश्चिम प्रदेशलाई मुलुकको अन्य भागसँग जोड्ने एक मात्र कर्णाली पुल निर्माण भएको तीन दशकसम्म पनि सामान्य मर्मतसम्भार हुन सकेको छैन। २०४४ सालमा निर्माण कार्य सुरु भई २०५० सालमा निर्माण सम्पन्न भएको कर्णाली पुल हालसम्म एक पटकसम्म पनि मर्मत नहुँदा पुलका नटबोल्ट खसेर पुलका केही भाग हल्लिने गरेका छन्। जापानको कावासाकी हेभी […]

कर्णाली र सुदूरपश्चिम जोड्न कर्णाली नदीमा दुई पुल निर्माण

काठमाडाैँ- कर्णाली नदीमाथि सुदूरपश्चिम र कर्णाली प्रदेश जोड्ने थप दुई पक्की पुल निर्माण सम्पन्न छन्। सुदूरपश्चिम प्रदेशको कैलाली र कर्णाली प्रदेशको सुर्खेत जिल्ला जोड्ने पुल बनेका हुन्। पुल निर्माण हुँदा आवतजावतमा सजिलो हुनुका साथै व्यापार व्यवसाय प्रवर्द्धनमा पनि सहज हुने जनाइएको छ। सुर्खेतको पञ्चपुरी नगरपालिका-११ कुइने र कैलालीको मोहन्याल जोड्ने कर्णाली नदीमा पक्की पुल निर्माण […]

कर्णाली करिडोरअन्तर्गत नौवटा पुल बन्दै

कर्णाली करिडोरमा नौवटा पक्की पुल निर्माण हुने भएका छन् । कालीकोटको खुलालुदेखि हुम्लाको सदरमुकाम सिमकोटसम्म ती पुल निर्माण हुने भएका हुन् । कर्णाली करिडोरअन्तर्गत पर्ने कालीकोट सडकखण्डको खुलालु, सान्नीघाट र फुगाड खोलामा तथा  बाजुराको जुड्डी, बूढीगाड, गल्फगाड र कवाडी खोलामा पक्की पुल निर्माण हुने भएको हो । त्यस्तै हुम्लाको सलीसल्लाको कर्णाली नदी र सर्केगाड खोलामा पुल निर्माण हुने हुम्ला सडक डिभिजन कार्यालयले जनाएको छ । पक्की पुल निर्माणका लागि ठेक्का प्रक्रिया अगाडि बढेको उक्त कार्यालयका

कर्णाली नदीमा बन्यो झोलुंगे पुल

सिमकोट – कर्णाली नदीमा झोलुंगे पुल निर्माण हुँदा कार्यालय जान गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई तुइन तर्नुपर्ने बाध्यता हटेको छ। उक्त पुन निर्माणमा ढिलाइ हुँदा खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावल र प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाही तुइन तर्दै आएका थिए। गाउँपालिका केन्द्र याङ्चु बजार जोड्ने कर्णाली नदी माथिको झोलुंगे पुल निर्माण भएको हो। कोरोना […]

निर्माणको १२ वर्षपछि कर्णाली करिडोरको पक्की पुल संचालनमा

कर्णाली करिडोर अन्तर्गतको  कर्णाली नदीको नरहरिनाथ–८ कालिकोटको खुलालुमा रहेको पक्की पुल संचालनमा आएको छ । कर्णाली राजमार्गबाट कर्णाली करिडोर जोड्ने पुल सञ्चालनमा आएको हो । निर्माण थालेको १२ वर्षपछि कर्णाली करिडोरको...

कर्णाली करिडोरमा पाँच पुल बन्ने

उत्तर–दक्षिण करिडोर अन्तर्गतको कर्णाली करिडोरमा चालू आवमा पाँच पुल निर्माणका लागि ठेक्का प्रक्रिया हुने भएको छ । हालसम्म एउटा मात्रै पुल निर्माणका लागि प्रक्रिया अघि बढाइएकोमा चालू आवमा पाँच पुल ठेक्का गरिने कर्णाली करिडोर हिल्सा–सिमकोट सडक योजनाले जनाएको छ ।  हिल्सा सरिसल्ला खण्ड अन्तर्गत हाल चार पुल निर्माणको क्रममा रहेको योजनाका प्रमुख बिसुनदास लामाले बताए । पहिलो चरणमा हेप्का, ताग्रु, सल्ली, यङगार पुल निर्माण गर्न लागिएको हो । उनले भने, “यी पुल बनेपछि पनि स्थ

कर्णाली नदीमा पक्की पुल बन्दै, हुम्ला सदरमुकाम सडक सञ्जालसँग जोडिने

सिमकोट- कर्णाली करिडोरअन्तर्गत कर्णाली नदीमा मोटरेवल पुल बन्ने भएको छ। पुल बनेपछि हुम्ला सदरमुकाम सिमकोट राष्ट्रय सडक सञ्जालसँग जोडिने छ। सदरमुकामलाई सडक सञ्जालसँग जोड्ने गरी पुल बन्नु खुसीको कुरा भएको खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले बताए। पुल यसै आर्थिक वर्षभित्र निर्माण गरिने बताइएको छ। निर्माण कम्पनीलाई ताकेता गरेर पुल निर्माण कार्य समयमै सक्नुपर्ने अध्यक्ष रावलले […]