सुनकोसी नदीको फोक्सिङटारमा बिहीबारदेखि बेलिब्रिज सञ्चालनमा आएको छ । गाईघाट दिक्तेल सिधा यातायात सञ्चालन गर्न सुनकोसी नदीमा बेलिब्रिज जडान गरिएको हो । हिउँदे मौसममा सुनकोसी नदीको फोक्सिङटारमा बेलिब्रिज जडान गरिँदै आएको छ । उदयपुर र खोटाङ सदरमुकामलाई यातायात मार्गमा सिधा जोड्न बर्सेनि अस्थायी बेलिब्रिज जडान गरिन्छ ।