नेपाल–भारत बीचमा देखिएको सीमा विवादलाई छलफल र संवादमार्फत समाधान गर्न दुई देशका प्रधानमन्त्रीबीच सहमति भएको छ । शुक्रबारदेखि भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको छलफलमा सो सहमति भएको हो । भारतीय विदेश मन्त्रालयका सचिव हर्षवद्र्धन श्रृङ्गलाकाअनुसार दुई देशका प्रधानमन्त्री बीच यस विषयमा गभ्मीर छलफल भएको छ । सचिव श्रृंगलाले भनेका छन्, दुई देशका प्रधानमन्त्री बीच यस विषयमा गभ्मीर छलफल भयो, यस विवादलाई छलफल र संवादको माध्यमबाट समाधा