कञ्चनपुर - भारतीय सीमा सुरक्षा बल एसएसबीले कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाटमा नेपाली नागरिकलाई लालपुर्जा भएको जमिन जोत्न दिने भएको छ ।
हिजो नेपाल–भारतका सीमा सुरक्षाकर्मीबीच लालपुर्जा भएको जमिन नेपाली नागरिकलाई जोत्न दिने सहमति भएको हो ।
दुवै देशका सर्भे टोलीले अनुगमन नगर्दासम्म नेपाली नागरिकलाई लालपुर्जा भएको जमिन जोत्न दिने सहमति भएको सशस्त्र प्रहरी बल नेपाल ३५ नं गण शैलेश्वरीका एसपी अमरबहादुर ऐरले बताउनुभयो ।
‘सर्भे टोलीले अनुगमन गरेर समस्या सामाधान नगर्दासम्म लालपुर्जा भएका नागरि...