देउवा–मोदी भेटवार्ता: पञ्चेश्वर अघि बढाउने सहमति

प्रधानमन्त्री देउवाले भारतीय समकक्षी मोदीसँग संयुक्त संयन्त्र बनाएर सीमा विवाद समाधान गर्न प्रस्ताव गरेका छन्। देउवाले यस्तो प्रस्ताव गरेलगत्तै भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगलाले नेपाल–भारत सीमा विवाद संवादको माध्यमबाट सम्बोधन गर्नुपर्ने बताएका छन्।...

सम्बन्धित सामग्री

पञ्चेश्वर आयोजना एक महिनाभित्र सुरु गर्ने सहमति भएको छ : परराष्ट्रमन्त्री साउद

२४ पुस, काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले भारतसँग पञ्जेश्वर आयोजनाको काम एक महिनाभित्र सुरु गर्ने सहमतिको भएको बताएका छन् । कञ्चनपुरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री साउदले नेपाल र भारतका परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकको माइन्यूटमा हस्ताक्षर भइसकेको बताएका हुन् । ‘संयुक्त आयोगको बैठकमा महाकाली र पञ्जेश्वरलाई एक महिनाभित्र सहमति गरेर सुरु गर्ने भनेर माइन्यूटमा […]

फेरि पानी र लगानी विवादमै अड्कियो पञ्चेश्वर

२२ मंसिर, काठमाडौं । नेपाल र भारतबीच पञ्चेश्वर बहुउद्देश्यीय आयोजना निर्माणमा फेरि पानी र लगानीकै विवाद बल्झिएको छ । १९ र २० असोजमा काठमाडौंमा बसेको दुबै देशका संयुक्त विज्ञ समूहको ५औं बैठकपछि भारत विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)मा रहेका विवाद टुंग्याउन फेरि उदाशीन देखिएको छ । पछिल्लोपटक नेपाल र भारतबीच लाभको बाँडफँटका आधारमा लगानी टुंग्याउने सहमति […]

लाभदायी पञ्चेश्वर जलविद्युत् आयोजना बन्ने विश्वास पलाएन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले केही समयअघि सम्पन्न उहाँको भारत भ्रमणको क्रममा भारतीय पक्ष पञ्चेश्वर जलविद्युत् आयोजना अघि बढाउन सहमत भएको बताउनुभएको थियो ।  प्रधानमन्त्री दाहालले वर्षौंदेखि अघि बढ्न नसकेको पञ्चेश्वरको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) ३ महीनाभित्र टुंगो लगाएर १ वर्षभित्र लगानीको प्रारूप तयार पार्ने सहमति भएको संसद्मा बताउनुभएको छ । २०५२ सालको महाकाली सन्धिदेखि नै पञ्चेश्वर जलविद्युत् आयोजना निर्माणको कुरा चलिरहे पनि ठोस उपलब्धि हात लाग्न सकेको छैन ।  प्रधानमन्त्री दाहालको ‘तीन महीनाभित्र डीपीआर टुंग्याएर १ वर्षभित्र लगानीको प्रारूप तयार पार्ने’ सहमति बनेको कुराले आशाको सञ्चार गर्न सकेको देखिँदैन । यो सहमतिको पनि विगतका सहमतिको जस्तै हविगत हुने र पञ्चेश्वर नबन्ने चिन्ता सर्वसाधारणमा छ ।  नेपाल सरकार र भारत सरकारबीच महाकाली सन्धि सम्पन्न भएपछि सर्वप्रथम यो आयोजना द्विदेशीय लगानीमा बनाउने र संयुक्त रूपमा सञ्चालन गर्ने निर्णय भएको थियो । यो जलाशययुक्त जलविद्युत् आयोजनाबाट कुल ६ हजार ४८० मेगावाट बिजुली उत्पादन हुने बताइएको छ । औसत उत्पादनचाहिँ १० हजार ६७१ गेगावाट आवर प्रतिवर्ष हुने अनुमान छ । पञ्चेश्वर जलविद्युत् आयोजना अगाडि बढाउन २०६६ सालमा नेपाल र भारतका जलस्रोत मन्त्रालयको संयुक्त बैठकमा पञ्चेश्वर विकास प्राधिकरण गठन गरी डीपीआर तथा अन्य आवश्यक कार्य सम्पन्न गर्ने सहमति भएको थियो । सोहीअनुरूप पञ्चेश्वर विकास बोर्ड गठन पनि भइसकेको छ । तर बोर्डबाट अहिलेसम्म उल्लेख्य काम हुन सकेको देखिँदैन ।  पञ्चेश्वर जलविद्युत् आयोजना निर्माण अगाडि बढाउने सहमति पटकपटक हुने तर कार्यान्वयनमा नजाने हुँदा ढिलाइको कारणबारे प्रश्न उठ्न थालेका छन् । जलविद्युत्विज्ञ अनुपकुमार उपाध्याय आयोजना निर्माणको काम अगाडि बढ्न दुवै देशका तर्फबाट सशक्त राजनीतिक प्रतिबद्धता व्यक्त हुनुपर्ने र सोहीअनुसार कार्यान्वयन गर्नुपर्ने बताउँछन् ।  ‘पञ्चेश्वरको हकमा राजनीतिक तहबाटै निर्माण गर्नैपर्छ भन्ने प्रतिबद्धता एवं तत्परताको कमी देखिन्छ,’ उनले भने, ‘महाकाली सन्धिबारेको बुझाइमा भिन्नता र पानी वितरणको विषय सुल्झन नसक्दा ढिलाइ भइरहेको छ ।’ पञ्चेश्वर जलविद्युत् आयोजना निर्माण लागत र अन्य दृष्टिकोणले निकै फाइदाजनक हुने तर्क गर्नेहरू पनि प्रशस्तै छन् । यो आयोजना ७ सय ५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत् आयोजनाभन्दा निकै सस्तो, विस्थापित हुने जनसंख्या तथा डुबान कम हुने र उत्पादनको हिसाबले निकै बढी सम्भाव्य रहेको बताइन्छ ।  जलविद्युत् क्षेत्रका जानकार तथा लगानी बोर्डका पूर्वकार्यकारी अधिकृत राधेश पन्त पञ्चेश्वर बने ठूलो उपलब्धि हुने बताउँछन् । ‘पञ्चेश्वर बन्यो भने नेपाल र भारत दुवैले फाइदा लिन सक्छन् । त्यहाँको जनजीवनलाई पनि यो परियोजनाले सकारात्मक प्रभाव पार्छ । ऊर्जाबाहेक पनि पञ्चेश्वर जलविद्युत् आयोजनाका धेरै सकारात्मक साइड इफेक्टहरू हुन सक्छन्,’ उनले भने ।  पञ्चेश्वर जलाशययुक्त आयोजना भएकाले महाकाली नदीमा आउने बाढीको पानी जम्मा गरी सुक्खायाममा सिँचाइमा प्रयोग गरेर खाद्यान्न उत्पादन बढाउन पनि मिल्ने देखिन्छ । आयोजनाको बाँध नै ३ सय १५ मीटरको हुने भनिएको छ ।  धेरै फाइदा भएर पनि अलपत्र परेको आयोजना अब अगाडि बढ्नेमा पन्त विश्वस्त छैनन् । ‘सहमति गर्ने, कार्यान्वयन नगर्ने परिपाटी देखिन्छ । सहमति पहिला पनि भए/गरेका हुन् तर कार्यान्वयनमा गएनन्,’ पन्तले भने, ‘निर्माण सम्पन्न भइदियो भने त्यो धेरै राम्रो हो तर विगतका अभ्यास हर्दा नबनीकन विश्वस्त हुने आधार छैन ।’

ब्युँतियो पञ्चेश्वरको विज्ञ समूह, विवाद सुल्झाउन फेरि तीन महिने भाका

२१ असार, काठमाडौं । नेपाल र भारतबीच पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)मा रहेका विवाद सामाधान गर्न विज्ञ समूहको म्याद थप गर्ने सहमति भएको छ । बिहीबार पोखरामा बसेको पञ्चेश्वर विकास प्राधिकरणको ‘गभर्निङ बडी’को बैठकले विज्ञ समूहलाई ३ महिनाभित्र विवाद समाधान गर्ने गरी म्याद थप गरेर सक्रिय गराउने निर्णय भएको हो । यसअघि गत […]

बैतडीमा गठबन्धनका दलबीच चुनावी तालमेल हुने

बैतडी : वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि  बैतडीमा गठबन्धनका दलहरूबीच सहमति भएको छ। ०७४ सालको निर्वाचनमा एमालेले जितेका  यहाँका ३ पालिकामा तालमेल गर्ने  सहमति भएको हो।सदरमुकाममा आज (आइतबार) बसेको सत्ता गठबन्धनको बैठकले दलहरूले जिल्लाको डिलाशैनी गाउँपालिका, दोगडाकेदार  गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा  चुनावी तालमेल गर्ने सहमति गरेका नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले जानकारी दिए।सहमति भएका पालिकाका वडाको हकमा सम्बन्धित पालिकाका नेता

पञ्चेश्वर परियोजना : २६ वर्षसम्म अलपत्र, यस्ता छन् विमति !

धनगढी : प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका तत्कालीन प्रधानमन्त्री पिबी नरसिंह रावबीच २०५२ साल माघ १९ गते महाकाली नदीमा शारदा ब्यारेज, टनकपुर ब्यारेज र पञ्चेश्वर परियोजनाका सम्बन्धमा महाकाली सन्धि भयो। सन्धिपछि पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई संयुक्त लगानीमा निर्माण गर्नुपर्ने हो।तर सन्धिको २६ वर्षसम्म पनि टुंगिन नसकेको पञ्चेश्वरलाई फेरि गति दिने बाचा दुवै देशका राष्ट्र प्रमुखले गरेका छन्। हालै प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले व

मोदीको विश्वास : पञ्चेश्वर परियोजना गेम चेन्जर साबित हुनेछ

काठमाडौ, १९ चैत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पञ्चेश्वर परियोजना तेज गतिमा अगाडि बढाउन सहमति भएको बताएका छन् । तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग नयाँ दिल्लीको हैदराबाद हाउसमा भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मोदीले पन्चेश्वर परियोजनालाई तीव्र ढंगले अगाडि बढाउन सहमत भएको बताएका हुन् । यो परियोजना यस क्षेत्रको विकासका […]

पञ्चेश्वर परियोजना गेम चेन्जर साबित हुनेछ : भारतीय प्रधानमन्त्री मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पञ्चेश्वर परियोजना तेज गतिमा अगाडि बढाउन सहमति भएको बताएका छन् । तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग नयाँ दिल्लीको हैदराबाद हाउसमा भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मोदीले पन्चेश्वर परियोजनालाई तीव्र ढंगले अगाडि बढाउन सहमत भएको बताएका हुन् । यो परियोजना यस क्षेत्रको विकासका लागि एउटा गेम चेन्जर साबित हुने मोदीले विश्वास व्यक्त गरे ।  मोदीले विभिन्न  परियोजनाको प्रगतिको समीक्षा र भविष्यको रुपरे

पञ्चेश्वरमा भारत लचिलो बन्ने संकेत

महाकाली सन्धिको साढे दुई दशकपछि यसको महत्त्वपूर्ण बुँदा पञ्चेश्वर बहुउद्देश्यीय परियोजना कार्यान्वयन गर्न भारतीय पक्षले लचिलो बन्ने संकेत गरेको छ । पञ्चेश्वर परियोजना अघि बढाउन नेपाल र भारतले संयुक्त रूपमा तयार पारेको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) मा सुल्झाउन बाँकी महत्त्वपूर्ण बुँदामध्ये चार वटामा सहमति जुटेको छ । पञ्चेश्वरको डीपीआरमा विवादित भनिएका बुँदामा छलफलका लागि पाँच सदस्यीय टोलीसहित दिल्ली पुगेर फर्किएका ऊर्जा सचिव दिनेशकुमार घिमिरेले सोमबारको छलफलबाट चार वटा बुँदामा सहमति जुटेको र एउटा बुँदामा सकारात्मक...

नेपाल-भारत वार्ता : पञ्चेश्वर असफल

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको अघिल्लो दिन बहुचर्चित पञ्चेश्वर आयोजनामा सहमति जुटाउन नेपाल-भारत सचिवस्तरीय