काठमाडौं : नेपाल-भारत सीमा समस्या वर्षौंदेखि हुँदै आएको भए पनि समाधान हुन सकेको छैन। भारतले नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको नयाँ नक्सा जारी गरेपछि नेपाल भारत सीमा विवाद पटकपटक बल्झिँदै आइरहेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गत साल सो भूमि समेटेर नयाँ नक्सासमेत सार्वजनिक गर्यो। तर, अहिलेसम्म नेपालको राजनीतिक अस्थिरता र भारतको अरुचिको कारणले सीमाबारे उच्चस्तरीय कोणबाट छलफल हुने सकेको थिए। नेपाल राजनीति अस्थिरताको कारणले ओली सरकार बहिर्गमनपछ