काठमाडौं : नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध परेको रिटमा आगामी असार ३ गते पेशी तोकिएको छ। न्यायाधीश कुमार रेग्मी र हरिप्रसाद फुयाँलको संयुक्त इजलासमा परेको रिट पाँच दिनपछि आइतबारलाई तोकिएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिएका छन्।यसअघि शुक्रबार न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र सुष्मालता माथेमाको संयुक्त इजलासले विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिसमक्ष अनुरोध गर्ने जेठ १२ गतेको मन्त्रिपरिषद्को निर्णय र राष्ट्रपतिले गरेको प्रमाणीकरणको निर्णय झिकाउने आदेश दिएको थियो।