काठमाण्डाै – सर्वोच्च अदालतले राष्ट्रपति कार्यालयसँग नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारण माग गरेको छ । संविधानमा भएको व्यवस्था उल्लङ्घन गर्दै राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै अधिवक्ता सुनीलरञ्जन सिंहसहितले गएको बिहीवार पाँच वटा रिट दर्ता गरेका थिए ।
रिटमाथि आज आइतवार सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले राष्ट्रपति कार्यालयलाई नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारण पेस गर्न आदेश दिएको छ । रिट निवेदक सुनीलरञ्जन सिंहले फुयालको इजलासले आग्राधिकारसहित कारण देखाउ आदे...