काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सचिवको पदस्थापनसँगै नागरिकता विधेयक प्रमाणीकरण गर्ने तयारी गरेकी छन्।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्त समूहमा रहेका सचिव यादव कोइरालाको सोमबार राष्ट्रपति कार्यालयमा पदस्थापन हुने र पदस्थापनसँगै नागरिकता विधेयक प्रमाणीकरण हुने राष्ट्रपति कार्यालय स्रोतले थाहा खबरलाई जानकारी दिएको छ।‘नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति भण्डारीको मनसाय छैन,’ स्रोतले भन्यो, ‘सचिवको अदलबदलले पनि केही दिन ढिलो हुन गएको हो