काठमाण्डौ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिले रोक्नु नहुने बताउनुभएको छ ।
पाँच दिने जापान भ्रमण सकेर आज बुधवार नेपाल फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष दाहालले नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले रोक्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘राष्ट्रपतिजीले रोक्नुहुन्न भन्ने मलाई लाग्छ । ढिलो पनि गर्नु हुँदैन ।’
त्यस्तै अध्यक्ष दाहालले जापान भ्रमणका क्रममा लिबरल डे...