विभिन्न ३ ओटा कम्पनीमा ३४ जानालाई रोगारीको अवसर

चैत २५, काठमाडौँ । फरक-  फरक कम्पनीमा रोजगारीको लागि ३४ जनाको  माग भएको छ । जेआईसिए नेपाल,  माथिल्लो त्रिशुली जलविदुत आयोजना र बिओके क्यापिटल मार्केट लिमिटेड गरी तिन कम्पनीमा रोजगारी खुलेको हो । जेआईसिए नेपालले कम्पनीको प्रशासनिक अधिकारी पदका लागि १ जना कर्मचारी माग गरेको हो ।  रसद/खरीद/सुरक्षा व्यवस्थापनको लागि उम्मेद्वार आवश्यक भएको कम्पनिले जनाएको छ । कम्पनीले खरिद कार्यहरू ह्यान्डल गर्न एक जना कर्मचारी चाहिएको जानकारी दिएको छ ।  ईच्छुक नेपाली नागरिकले विज्ञापन प्रकाशित भएको ९ दिन भित्र कम्पनीको वेबसाइटमा गएर फर्म दर्ता गर्न सकिनेछ । माथिल्लो त्रिशुली जलविदुत आयोजनाले  सिभिल टेक्निसियन पदमा ५ जना, मेकानिकल टेक्निसियनमा ३ जना लगायत विभिन्न १५ ओटा प्रविधिक तहका लागी ३२ जाना कर्मचारी आवश्यक भएको जानकारी दिएको छ । ईच्छुक नेपाली नागरिकले विज्ञापन प्रकाशित भएको ७ दिन भित्र विज्ञापनमा उल्लेखित ठेगानामा आवेदन दिन सकिनेछ । बिओके क्यापिटल मार्केट लिमिटेडले प्रमुख कार्यकारी अधिकृतको पदका लागि आवेदन दिन आवह्रन गरेको छ ।  क्यापिटलले इन्भेष्टमेन्ट बैंकिङसँगै मर्चेन्ट बैंकिङ सेवाहरू उपलब्ध गराउँदै आएको यस क्यापिटलले उच्च गतिशील, ऊर्जावान, समर्पित, व्यावहारिक र कार्यसम्पादन उन्मुख उम्मेद्वारहरू (नेपाली नागरिक) बाट प्रमुख कार्यकारीको रूपमा राजधानीको नेतृत्व गर्नका लागि आवेदन आह्वान गरेको छ। क्यापिटलले मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तिमा स्नातकोत्तर गरी मर्चेन्ट बैंकिङ र क्यापिटल मार्केटको क्षेत्रमा कम्तिमा ८ वर्षको अनुभव भएको साथै व्यवस्थापन वाणिज्य/ वित्त/ मा न्यूनतम स्नातकोत्तर डिग्री प्राप्त गरेको हुनुपर्नेछ । त्यसैगरी, लेखा/ अर्थशास्त्र/ तथ्याङ्क/ व्यापार प्रशासन वाणिज्य कानून विषयमा स्नातकोत्तर गरेको उम्मेदवारहरूले मात्र आफ्नो आवेदन दिन सकिने कम्पनीले जानकारी दिएको छ ।  ईच्छुक नेपाली नागरिकले विज्ञापन प्रकाशित भएको १५ दिन भित्र कम्पनीको मेल आईडमा आवेदन दिन सकिनेछ ।

सम्बन्धित सामग्री

कोरियामा पानीजहाज कम्पनीमा नेपालीलाई अवसर, कृषि र उत्पादनमूलक भन्दा के फरक ?

१४ साउन, काठमाडौं । कोरियामा नेपाली श्रमिकका लागि नयाँ रोजगारीको ढोका खुलेको छ । यसअघि कृषि तथा पशुपन्छी र उत्पादनमूलक क्षेत्रका लागि मात्र नेपाली कामदार लिइरहेको कोरियाले अब पानीजहाज निर्माण कम्पनीमा कामदारका रुपमा समेत नेपाली कामदार माग गर्न थालेको छ । सोही अनुसार उम्मेदवारको छनोट गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, ईपीएस कोरिया शाखाले […]

आइएमईले मनायो २३औँ वार्षिकोत्सव

आफ्नो स्थापनाको २३औँ वर्ष प्रवेशको अवसर पारेर आइएमई लिमिटेडले विभिन्न कार्यक्रम गरेको छ । कम्पनीले १० वर्षभन्दा लामो समयदेखि सेवारत कर्मचारीहरू तथा लामो समयदेखि कम्पनीमा आबद्ध भएका एजेन्टहरूलाई सम्मान तथा अन्तरकम्पनी...

नेपाल रेल्वे कम्पनीमा रोजगारीको अवसर

नेपाल रेल्वे कम्पनी लिमिटेडले प्राविधिक कर्मचारीहरूको भर्ना खुलाएको छ । कम्पनीले सेवा करारमा लिन नेपाली नागरिकहरूलाई भर्ति गर्न लागेको हो । कम्पनीले चार जना रेल चालक, चार जना स्टेसन मास्टर, १ जना ट्रयाक इन्जिनियर र १ जना एयर कन्टिसनर इन्जिनियर मागेको छ । रेल चालकमा भर्ती हुन रेल चालकको लाइसेन्सप्राप्त गरी कम्तिमा ५ वर्ष अनुभव भएको हुनुपर्ने योग्यता छ । त्यस्तै स्टेसन मास्टर हुनका लागि स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने उल्लेख छ । त्यसबाहेक कम्तिमा पाँच वर्षको अनुभव पनि चाहिने भएको छ । सिभिल इन्जिनियरङ विषयमा डिप्लोमा वा सो सरह उत्तीर्ण गरी कम्तिमा ३ वर्ष ट्रयाक इन्जिनियर भई काम गरेको अनुभव चाहिने उल्लेख छ । एयर कन्डिस्नर इन्जिनियरका लागि इलेक्ट्रिकल वा एयर कन्टिस्नलर विषयमा डिप्लोमा उत्तीर्ण गरी एयरकन्डिसन मर्मत सम्भारमा कम्तिमा ३ वर्ष काम गरेको अनुभव चाहिने कम्पनीले जानकारी दिएको छ ।यसका लागि आवेदन दिन १५ दिनको समय तोकिएको छ ।

राष्ट्रिय बिमा कम्पनीमा रोजगारीको अवसर,व्यवस्थापकसहित २४ कर्मचारी माग

काठमाडौँ । राष्ट्रिय बिमा कम्पनीले विभिन्न पदहरूका लागि २४ जना कर्मचारी माग गरेको छ । राष्ट्रिय बिमा कम्पनी र उक्त कम्पनीअन्तर्गतको निकायमा रहेका पदहरूमा कम्पनीको कर्मचारी सेवा, सर्त र विनियमावली–२०७४ (पहिलो संशोधन–२०७८) अनुसार पदपूर्ति गर्न आज (शुक्रबार) सूचना प्रकाशित गरिएको छ । कम्पनीले व्यवस्थापकमा एक, सह व्यवस्थापकमा खुला एक र मधेसी एक गरी दुई, नायब […]

सेयर बेचेर कमाउने कि किनेर ?

बेचेर तत्कालीन नाफा वा किनेर लागत घटाउँदै दीर्घकालीन प्रतिफल के र किन स्पष्ट हुँदै अवसर र चुनौतीको सामनाका लागि तत्पर रहनुपर्छ । सेयर ‘लगानी कि कारोबार’ अर्थात् ‘लगानीकर्ता कि कारोबारी’ सम्बन्धी विगतको चर्चा तन्किएर क) लगानी बजारमा कि कम्पनीमा अर्थात् ख) बेचेर कमाउने कि किनेर ? बहस हुन थालेको छ । लगानी र कारोबार नबुझे […]

विदेश होइन स्वदेशमै रोजगार

उद्यमी कृष्णराज तिमिल्सिना स्वदेशी उत्पादनलाई ब्राण्ड बनाउन लागि परेका छन्।तिमिल्सिनाले सुरुवातमा थ्रेड ब्राण्डबाट तयारी पोसाक बनाएर बेच्न थालेका थिए।उनले अहिले पनि आफ्नो कम्पनीमा करिव १०० जना कामदार चाहिएको बताएका छन्। यसैगरी,उनले कुनै किसिमको सिप नभएकालाई पनि काम सिकाएर रोजगारी दिने उनले बताएका छन्।देखापढीसँग कुरा गर्दै उनले लगनशिल भएर काम गर्ने हो भने नेपालमा नै धरै अवसर भएको उनले बताएका छन्।

अमेरिकी अन्तर्राष्ट्रिय कम्पनीमा राजा घले सद्भावना दूत

काठमाडौं । अमेरिकाको जर्जिया राज्यको एटलान्टा शहरस्थित प्रतिष्ठित अन्तराष्ट्रिय कम्पनी वल्र्डवाइड युनिभर्सल इनह्यान्स क्रिएटर्सले सामाजिक अभियन्ता राजा घलेलाई सद्भावना दूत बनाएको छ । नयाँ वर्षको अवसर पारेर कम्पनीले यस्तो घोषणा गरेको हो । यस कम्पनीमा सद्भावना दूत नियुक्त हुने घले पहिलो नेपाली हुन् । घले नेपाल सरकारका लागि अमेरिकाको दक्षिण–पूर्वी क्षेत्रको पर्यटन दुतसमेत  हुन् । उनी विभिन्न संस्थाहरुमार्फत सामाजिक अभियान र व्यवसायमा संलग्न छन् । घले नेप्लिज एसोसिएन इन साउथइस्ट अमेर

अमेरिकी अन्तर्राष्ट्रिय कम्पनीमा राजा घले सद्भावना दूत

काठमाडौं । अमेरिकाको जर्जिया राज्यको एटलान्टा शहरस्थित प्रतिष्ठित अन्तराष्ट्रिय कम्पनी वल्र्डवाइड युनिभर्सल इनह्यान्स क्रिएटर्सले सामाजिक अभियन्ता राजा घलेलाई सद्भावना दूत बनाएको छ । नयाँ वर्षको अवसर पारेर कम्पनीले यस्तो घोषणा गरेको हो । यस कम्पनीमा सद्भावना दूत नियुक्त हुने घले पहिलो नेपाली हुन् । घले नेपाल सरकारका लागि अमेरि...