चैत २६, काठमाडौं। गर्मी मौसम शूरु भएसँगै गर्मी मौसममा लगाईने लुगादेखि शितल दिने वस्तुको माग बढ्नु स्वाभाविक नै हो ।
गर्मीमा उपभोक्ताको मागलाई दृष्टिगत गर्दै बजारमा गर्मी लक्षित समानहरू उपलब्ध छन् । केहि समय अगाडि हिटर र गिजर जस्ता सामानले भरिने पसल गर्मी बढेसँगै पंखा, एसीलगायतका सामानले भरीभराउ बनेका छन् ।
नेपाली बजारमा उपलब्ध फ्यानका यस्ता छन बिशेषता
गर्मीयाममा बढि बिक्री हुने एउटा समान हो पंखा । नेपाली बजारमा राष्ट्रिय तथा अन्तरराट्रिय ब्रान्डका पंखाहरु बिक्री भइरहेका छन । हाल बजारमा बिभिन्न ब्राण्डका सस्तादेखी निकै महंगा पंखा उपलब्ध रहेका व्यवसायी बताउँछन् ।
सिलिङ फ्यान भनिने ठूला आकारका फ्यान, भित्ते फ्यान टेबल फ्यान तथा स्ट्याण्ड फ्यान बजारमा छन ।
हातमै लिएर हिड्न मिल्ने पोर्टएवल फ्यान, ब्याकअप सहितका फ्यान तथा रिमोट कन्ट्रोल लगायतका फिचर भएका फ्यान समेत बजारमा छन् । त्यस्तै चिसोमा तातो र गर्मीमा चिसो हावा दिने मल्टिफंसन फ्यान पनि बजारमा बिक्री हुने गरेका छन् ।
व्यवसायीहरुका अनुसार बिगतमा लोडसेडिङका कारण साना तथा ब्याट्री ब्याकअप भएका पंखाको माग धेरै हुने गरेको थियो । विद्यूतको सहज आपूर्ती भएसंगै ग्राहकको रोजाइमा सुविधायुक्त पंखा पर्ने गरेका छन् ।
काठमाडौमा भाडाका घरमा बस्ने विद्यार्थी तथा रोजगारी गर्ने व्यक्तिको रोजाईमा टेवल फ्यान पर्ने गरेको व्यापारीहरुको अनुभव छ ।
तुलानात्मक हिसाबले चैत, वैशाख, जेठ महीनामा यस्ता पंखाको माग धेरै हुने गरेको विक्रेता सुस्मा सुवेदी बताउँछिन् ।
यस्ता सामग्री हरेकका लागी निकै उपयोगी हुने र एकपटक खरीद गरेपछि वर्षौं टिक्ने भएकाले उपभोक्ताको आकर्षण बढ्दै गएको उनी बताउँछिन् ।
पंखाले बिजुली कम खपत हुने, बिग्रिएपछि निश्चित समयको वारेन्टी पाइने भएकाले ग्राहकको रोजाइमा पर्ने सुवेदीले बताईन्।
मूल्य र अफर
पंखाको उपयोग गर्मी महीनामा धेरै हुने भएकाले यो सामानहरुमा विक्रेताले विभिन्न अफरहरु प्रदान गर्दै आएको भाटभटेनी सूपर्मार्केटकी एक स्टाफले बताईन् । उनका अनुसार केहि दिनयता ईल्लोक्ट्रोनिक सामानहरुमा विभिन्न अफर दिएको छ ।
एउटा पंखा किन्दा ग्राहकले २० प्रतिशत देखी ३० प्रतिशत सम्म छुट पाउने गरेका छन् । नयाँ वर्ष नजिकिदै गर्दा यस्ता अफर अझै बढ्ने देखिन्छ । बजारमा २ हजारदेखि ६ हजार मूल्य सम्ममा पंखा विक्री भइरहेका छन् ।
हाल बजारमा बाल्ट्रा, सिजी, रानी, यसोदाअल्फा ईलेक्ट्रोकोर, कोनका, वेगा लगायत ब्रान्डका पंखाहरु उपलब्ध छन् । यी पंखाहरुमा कम्पनीले १ वर्षसम्मको वारेन्टी दिने गरेका छन् ।
गत महिनाको तुलनामा यो महिना पंखाका ग्राहकहरु बढेको १०/ १५ दिन पछिअझै बढ्ने नेपाल विद्यूतीय सामाग्री व्यापार सघंका अध्यक्ष सुदर्शन पैडेल बताउँछन् । उनका अनुसार नेपालमा सबैभन्दा धेरै सिलङ् फ्यान विक्री हुने र दोस्रो धेरै विक्री हुने स्ट्यान्ड फ्यान हुन् ।
फ्यानको प्रकृति हेरेर र धेरै गर्मी हुने ठाउँ हेरेर त्यसको स्पिड अनुसार पनि विक्री हुने गरेको उनले बताए । धेरै गर्मी हुने ठाउँमा स्पिड पनि धेरै भएको फ्यान चाहिने र कम गर्मी हुने ठाउँमा स्पिड कम भएकै फ्यानले पनि काम चल्ने उनको भनाइ थियो ।
पौडेलले फ्यानले खरिद गर्दा त्यसले खपत गर्ने विद्युत्, त्यसमा दिएको वारेन्टी तथा कस्तो ब्राण्ड हो भन्ने बुझेर खरीद गर्नुपर्ने बताए । धेरै फिचर हुँदैमा वा महंगो हुदैमा राम्रो हुने होईन त्यसैले गूणस्तर हेरेर ब्राण्ड छनौट गर्ने उनले सुझाव समेत दिए।
उनका अनुसार नेपाली बजारमा विशेष गरी भारतीय र चिनियाँ ब्रान्डका फ्यानहरु रहेका छन । त्यस्तै अन्य मुलुकबाट पनि फ्यान आयात हुने गरेको उनको भनाइ छ ।