काठमाडौं : केही समयअघि एक जना स्वास्थ्यकर्मीले भन्नुभएको थियो, 'यदि आफू बिरामी भएको कुरा आफन्तलाई सुनाउनु नपर्ने हो भने बिरामी अलिक चाँडै निको हुनसक्छ।'रोग लागेर उपचाररत बिरामीलाई हालखबर सोध्ने नाममा हामी अनावश्यक मानसिक तनाव थप्दा रहेछौँ। दया देखाउँदा रहेछौँ। हामीले गर्ने मायाभित्र ऊर्जा, मनोबल बढ्ने तत्व होस्। तर, तनाव र दया नहोस्।कोरोना लाग्छ भन्ने थियो। तर, कहिले?भन्दाभन्दै लक्षणहरू देखापरे। १५ दिन कोठाभित्रै बसेँ, बन्दीजस्तै भएँ।कोरोना लागेकोबारे सीमित व्यक्तिल