काठमाडौं : विश्व स्वास्थ्य संगठनले कोरोनाविरुद्ध पहिलो डोज खोप लगाएको १२ हप्ताभित्र दोस्रो डोज खोप लगाउनुपर्ने बताएको छ।हाल विश्वका केही देशमा कोरोना संक्रमण पुनः बढ्दै गएको र खोपको सहज उपलब्धता नहुँदा पहिलो डोजलाई नै प्राथामिकता दिन विश्व स्वास्थ्य संगठनले आग्रह गरिसकेको छ।नेपालमा पहिलो चरणमा खोप लगाएका करिब ४ लाखलाई दोस्रो पटकको डोज वैशाख ७ देखि १४ गतेसम्म लगाउने घोषणा गरिएको छ। तर दोस्रो चरणमा खोप लगाएकाले पाउने दोस्रो डोजको मात्रा कहिले पाउँछन् निश्चित छैन। हाल