काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले नेकपामा अहिले आफ्नोसहित तीन कित्ता रहेको बताउनुभएको छ ।प्रचण्ड–नेपाल समूह र ओली समूहको कित्ता पार्टी विभाजन गराउने कित्ता भएको र आफ्नो कित्ता चाँहि मिलाउने कित्ता रहेको नेता गाैतमकाे भनाइ छ । अझै पनि पार्टीलाई मिलाएर जानुपर्छ भन्ने आफ्नो कित्ता भएको भन्दै उहाँले आफूलाई दशौँ हजार मान्छेले फोन गरेर पार्टी एकता जोगाउन आग्रह गरिरहेका बताउनुभयो ।राष्ट्रिय सभा सदस्यसमेत रहनुभएका उपाध्यक्ष गौतमले शुक्रबार राष्ट्रिय सभा बैठकपछि सञ्चार...