पार्टी उद्घाटन हुँदा नेपाल नै चकित हुनेछ : वामदेव गाैतम

काठमाण्डाै – राष्ट्रिय सभा सदस्य एवम् पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले नेपालमा कम्युनिस्ट आन्दोलन नै धराशायी बन्दै गइरहेको बताउनुभएको छ ।  आज मङ्गलवार काठमाण्डाैमा नेकपा राष्ट्रिय एकता अभियान पार्टीको घोषणा गर्दै गाैतमले यस्तो बताउनुभएको हो । उहाँले आफूले जग हालेको र आन्दोलन सुरु गरेको कम्युनिस्ट पार्टी नै आज धराशायी बनेकोले कम्युनिस्ट एकताका लागि नै आफूले पार्टी घोषणा गरेको बताउनुभयो । उहाँले आफूले आज घोषणा गरेको पार्टी उद्घाटनताका नेपाल नै चकित हुने दाबी गर्नुभयो ।  उहाँले भन्नुभयो, ‘कम्युनिस्...