काठमाण्डाै - राष्ट्रिय सभाका सांसद वामदेव गौतमले आफू फेरि कम्युनिस्ट पार्टीहरुलाई एकजुट बनाउने अभियानमा लागि पर्ने बताउनु भएको छ ।
केही समयदेखि आफू कुनै पनि पार्टीमा संलग्न नभएको उल्लेख गर्दै सांसद गौतमले त्यसलाई फेरि एकीकृत गर्ने अभियानमा लाग्ने विचार गरेको र केही समयपछि त्यसको घोषणा गर्ने योजना रहेकाे सुनाउनु भयाे ।
शुक्रवार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै तत्कालीन नेकपाका सचिवालय सदस्य समेत रहनु भएका सांसद गौतमले कम्युनिस्ट पार्टीहरुलाई एकीकृत गर्नका लागि नै आफूले कुनै पन...