आपसी साझेदारी, समन्वय, सहकार्य र अन्तरसम्बन्धबाट निर्वाचन सफल हुनेछ : थपलिया

लोकतान्त्रिक प्रणालीलाई जीवन्त बनाउने एक महत्वपूर्ण र अनिवार्य आयामका रूपमा रहेको आवधिक निर्वाचनको सम्पूर्ण तयारीमा मुलुक उभिएको छ । स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयरहित वातावरणमा निर्वाचन गराउने दायित्वमा निर्वाचन आयोग, नेपाल सरकार, कर्मचारी, सुरक्षाकर्मी, पर्यवेक्षक, सम्बद्ध पक्ष र आम मतदाता जुटिरहेका छन् । निर्वाचनको सञ्चालन, रेखदेख, नियन्त्रण र निर्देशनको संवैधानिक जिम्मेवारी बोकेको निर्वाचन आयोगका […]

सम्बन्धित सामग्री

सफल निर्वाचन कमजोर संसद्

नेपालमा २०७९ को संसदीय निर्वाचन सम्पन्न भएको छ । प्रदेश र संघीय संसद्को निर्वाचन एकैदिन सफलतापूर्वक सम्पन्न गर्न तत्कालीन सरकारले आफ्नो सक्षमता प्रमाणित गरेको हो । आवधिक निर्वाचनलाई लोकतन्त्रको जीवनरेखाका रूपमा स्वीकार गरिएको छ । निष्पक्ष र सफल निर्वाचनले देशमा लोकतन्त्रको संस्थागत विकास गर्न सहज वातावरण निर्माण गर्छ । नेपालमा २०४६ सालको जनआन्दोलनको सफलतापश्चात् लोकतन्त्रको […] The post सफल निर्वाचन कमजोर संसद् appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सुरक्षाको दृष्टिकोणले निर्वाचन पूर्ण रूपमा सफल : गृह मन्त्रालय

सरकारले सुरक्षाको दृष्टिकोणले निर्वाचन पूर्ण रूपमा सफल भएको बताएको छ । आइतबार निर्वाचन सकिसकेपछि गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले सुरक्षाको दृष्टिकोणले निर्वाचन पूर्ण रूपमा सफल भएको बताएका हुन् । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले भने, ‘सुरक्षाको दृष्टिकोणले निर्वाचन पूर्ण रूपमा सफल भएको मैले पाएको छु ।जुन किसिमका समूहहरूले निर्वाचन अवरोध गर्ने, बिथोल्ने खालका क्रियाकलाप गर्ने भन्ने आएका थिए तर त्यो अनुसार हेर्ने हो भने कहीँ पनि त्यो समूहले गर्दा कुनै पनि ठाउँमा बिथोलिने

सुरक्षाको दृष्टिकोणले निर्वाचन पूर्ण रुपमा सफल : सरकार

काठमाडौं । सरकारले सुरक्षाको दृष्टिकोणले निर्वाचन पूर्ण रुपमा सफल भएको बताएको छ । आइतबार निर्वाचनपछि गृह मन्त्रालयका सचिव विनोदवप्रकाश सिंहले सुरक्षाको दृष्टिकोणले निर्वाचन पूर्ण रुपमा सफल भएको बताउनुभएको हो । उहाँले निर्वाचन बिथोल्ने गतिविधिको चेतावनी दिने समूहले चेतावनी अनुसार कुनैपनि गतिविधि नगरेको र निर्वाचन सम्पूर्ण रुपमा सफल भएको बताउनुभयो । उहाँले सुरक्षा निकायको तदारुकता र […]

बालुवाटारमा कलाकारहरुसँग प्रधानमन्त्रीको अन्तरक्रिया, निर्वाचन सफल पार्न आग्रह

काठमाडौं, २७ कार्तिक । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनी पत्नी डा. आरजु देउवा राणाले कलाकारहरुसँग अन्तरक्रिया गरेका छन् । आज (आइतबार) बालुवाटारमा प्रधानमन्त्री दम्पत्तिले कलाकारहरुसँग अन्तरक्रिया गरेका हुन् । सो अवसरमा प्रधानमन्त्री देउवाले मंसिर ४ गतेको आम निर्वाचन सफल रुपमा सम्पन्न गराउन भूमिका खेल्न आग्रह गरेको सचिवालयले जनाएको छ । देउवाले […]

निर्वाचन सफल बनाउन तिनै तहको सरकार एक भएर लाग्नुपर्छ : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मङ्सिरमा हुने निर्वाचन सफल बनाउन तिनै तहको सरकार एक भएर लाग्नुपर्ने बताए ।पोखरामा आयोजित प्रदेशस्तरीय सुरक्षा बैठकमा उनले निर्वाचन भयरहित, स्वतन्त्र बनाउनका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकार एक भएर लाग्नुपर्ने बताए। “आयोगलाई सरकारले पैसा छुट्याएको छ । त्यो भएन भने प्रदेश सरकारले हेरेर बस्ने कुरा पनि भएन”, उनले भने, “हाम्रो लक्ष्य यो अभियानलाई सफल बनाउने हो ।”सङ्घीयता र लोकतन्त्रको मजबुती नै आवधिक निर्वाचनमा आधारित

निर्वाचन सफल पार्न तीनै तहका सरकार लाग्नुपर्छ : मुख्यमन्त्री पोखरेल

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मङ्सिरमा हुने निर्वाचन सफल बनाउन तिनै तहको सरकार एक भएर लाग्नुपर्ने बताएका छन् । पोखरामा शुक्रबार आयोजित प्रदेशस्तरीय सुरक्षा बैठकमा उनले निर्वाचन भयरहित, स्वतन्त्र बनाउनका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकार एक भएर लाग्नुपर्ने बताएका हुन्। “आयोगलाई सरकारले पैसा छुट्याएको छ । त्यो भएन भने प्रदेश सरकारले […]

निर्वाचन सफल पार्न सुनसरीमा सेना परिचालन

सुनसरी । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचन सफल बनाउन सुनसरीमा नेपाली सेना परिचालन गरिएको छ । जिल्ला सुरक्षा समितिले सुनसरीका सम्वेदनशिल र अति सम्वेदनशिल क्षेत्रमा आज शुक्रबारदेखि सेना परिचालन गरी गस्ति सुरु गरेको हाे । निर्वाचन शान्तिपूर्ण र भयरहित सम्पन्न बनाउनका लागि सुनसरीको धरान तथा इटहरी उपमहानगरपालिका, इनरुवा, दुहबी, रामधुनी र […]

निर्वाचन सफल बनाउने अभियानमा लाग्न निर्देशन

काठमाडौं, ३१ असोज । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सफल बनाउने अभियानमा लाग्न मातहतका निकायलाई निर्देशन दिएका छन् । मन्त्रालयमा आज आयोजित छलफलमा उनले निर्वाचनलाई स्वच्छ र भयरहित बनाउने अभियानलाई सघाउन सरकारी सञ्चार माध्यम तथा यससँग सरोकार राख्ने निकायलाई आग्रह समेत […]

गठबन्धन सफल : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनमा गठबन्धन मूलभूतरुपमा सफल भएको बताएका छन् ।उनले मध्यपुरथिमिमा गठबन्धनको मर्मलाई पक्डिन सफल देखिएको भन्दै अगाडि थपे, ‘हामीले गठबन्धनबाट देशको राजनीतिमा परिवर्तन वा स्थायित्व र विकासको नयाँ यात्रा सुरु गर्न खोजेको हो, मूलभूतरुपमा गठबन्धन सफल भएको हो ।’उनले यो गठबन्धनलाई आउने प्रदेश र संघीय निर्वाचन र […]

निर्वाचन सफल भएकोमा सरकार र आयोगलाई प्रम देउवाको धन्यवाद

नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण एवं भयरहित वातावरणमा सम्पन्न भएकोमा पार्टीका तर्फबाट सबैलाई धन्यवाद दिएका छन् । देउवाले निर्वाचन सफल भएकोमा सरकार र निर्वाचनलाई आयोगलाई धन्यवाद ज्ञापन गरे ।उनले निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण ढंगले सम्पन्न गर्न सहयोग गरेमा धन्यवाद दिए । देउवाले संविधान जारी भएपछिको दोस्रो स्थानीय तहको निर्वाचनमा देशभरका पालिकाहरुमा अत्यन्त उत्साहपूर्ण रुपमा मतदान सम्पन्न