सरकारले सुरक्षाको दृष्टिकोणले निर्वाचन पूर्ण रूपमा सफल भएको बताएको छ । आइतबार निर्वाचन सकिसकेपछि गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले सुरक्षाको दृष्टिकोणले निर्वाचन पूर्ण रूपमा सफल भएको बताएका हुन् । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले भने, ‘सुरक्षाको दृष्टिकोणले निर्वाचन पूर्ण रूपमा सफल भएको मैले पाएको छु ।जुन किसिमका समूहहरूले निर्वाचन अवरोध गर्ने, बिथोल्ने खालका क्रियाकलाप गर्ने भन्ने आएका थिए तर त्यो अनुसार हेर्ने हो भने कहीँ पनि त्यो समूहले गर्दा कुनै पनि ठाउँमा बिथोलिने