नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण एवं भयरहित वातावरणमा सम्पन्न भएकोमा पार्टीका तर्फबाट सबैलाई धन्यवाद दिएका छन् । देउवाले निर्वाचन सफल भएकोमा सरकार र निर्वाचनलाई आयोगलाई धन्यवाद ज्ञापन गरे ।उनले निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण ढंगले सम्पन्न गर्न सहयोग गरेमा धन्यवाद दिए । देउवाले संविधान जारी भएपछिको दोस्रो स्थानीय तहको निर्वाचनमा देशभरका पालिकाहरुमा अत्यन्त उत्साहपूर्ण रुपमा मतदान सम्पन्न