नेकपा एमाले कर्णाली प्रदेशले जिल्लाबाट प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस नाम केन्द्रमा पठाउने निर्णय गरेको छ । एमाले कर्णाली प्रदेश कमिटीले भदौ २१ र २२ गते वीरेन्द्रनगरमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । प्रदेश अध्यक्ष विनोदकुमार शाहले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका सन्दर्भमा जिल्लाहरूबाट प्राप्त प्रत्यक्ष र समानुपातिक तर्फका सिफारिसलाई पार्टी केन्द्रीय कार्यालयमा पठाउने निर्णय गरिएको जानकारी दिए । प्रदेश अध्यक्ष शाहको संयोजकत्वमा ३ सय १४ स