काठमाडौं, पुस २ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्र विवाद चर्किपछि बैठकका निर्णय सार्वजनिक गर्नमा ढिलाइ भएको छ । अध्यक्ष केपी शर्मा ओलीको ‘मनोमानी’ कार्यशैलीप्रति पदाधिकारी खरो रूपमा उत्रिएपछि विवाद बढ्दै जाँदा बैठकका निर्णय सार्वजनिक हुन नसकेको हो । विवादकै कारण गत २५ र २६ मंसिरमा बसेको केन्द्रीय कमिटीको बैठकका निर्णय बिहीबार साँझसम्म सार्वजनिक हुन नसक्नुमा […]