गृहमन्त्री थापालाई उम्मेदवार बनाउने एमाले स्थायी कमिटीको निर्णय

काठमाडौं : नेकपा एमालेले बागमती प्रदेशमा हुने राष्ट्रियसभा उप निर्वाचनका लागि गृहमन्त्री रामबहादुर थापा बादललाई  उम्मेदवार बनाउने निर्णय गरेको छ।प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान बसेको एमाले स्थायी कमिटीको बैठकले  बादललाई उम्मेदवार बनाउने निर्णय गरेको एमाले पार्टी कार्यलय सचिव शेरबहादुर तामाङले जानकारी दिए। माओवादी केन्द्र छोडेर एमाले प्रवेश गरेका गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बादललाई नै एमालेले राष्ट्रियसभा उप निर्वाचनमा उम्मेदवार बनाएको हो। पहिले पनि थापाले नै

सम्बन्धित सामग्री

थापालाई उपनिर्वाचनमा उम्मेदवार बनाउने एमालेको निर्णय

नेकपा (एमाले) स्थायी कमिटी बैठकले वाग्मती प्रदेशबाट राष्ट्रिय सभाको रिक्त सिटका लागि हुन लागेको उपनिर्वाचनमा रामबहादुर थापालाई नै उम्मेदवार बनाउने निर्णय गरेको छ ।

जित्ने सुनिश्चितता भए मात्र गृहमन्त्री थापा राष्ट्रिय सभाको उम्मेदवार बन्ने

नेकपा एमालेले बागमती प्रदेशबाट रिक्त राष्ट्रिय सभा निर्वाचनमा गृहमन्त्री रामबहादुर थापालाई उम्मेदवार बनाउनु पूर्व जित सुनिश्चितता भएपछि मात्र टुंगोमा पुग्ने निर्णय गरेको छ ।  विपक्षी गठबन्धनले एमाले पृष्ठभूमिका खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाएपछि एमालेले थापालाई उम्मेदवार बनाउनु अघि थप आन्तरिक गृहकार्य गर्ने निर्णय गरेको हो ।  प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बसेको एमाले स्थायी कमिटी बैठकले चुनाव जित्ने अवस्थामा मात्र थापालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । हार्ने अबस्थामा थापालाई उम्मेदवार नबना...