यूएई – यूएईको आबुधाबीमा एउटै कम्पनीमा कार्यरत ८० जना नेपाली समस्यामा परेका छन् । १७ महिना पहिले यूएईको एड्भान्स रिक्रुमेन्ट सर्भिसेज कम्पनीमा सरसफाइको कामका लागि आएका उनीहरुले ३ देखि ५ महिना यता काम गरे बापतको पैसा नपाएपछि समस्यामा परेका हुन् ।
१ लाख १५ हजार देखि डेढ लाख नेपाली रुपैयाँ बुझाएर अञ्जली म्यानपावर मार्फत यहाँ आएका उनीहरुले अहिले म्यानपावरले पनि वास्ता नगरेको बताएका छन् । समस्यामा परेका मध्येबाट पैसा जम्मा गरेर ४ जनाले आबुधाबीमा रहेको नेपाली दूतावास पुगेर समस्यामा...