यूएईमा एउटै कम्पनीमा कार्यरत २४ सय ७९ नेपालीको रोजगारी गुम्यो, जहाज चार्टर्ड गरेर नेपाल पठाउने कम्पनीको प्रस्ताव

यूएई – यूएईको ट्रान्सगार्ड कम्पनीमा कार्यरत २४ सय ७९ नेपाली श्रमिकको एकैपटक तत्काललाई रोजगारी गुमेको छ । कोरोनाको कारण काम बन्द हुँदा यूएईमा राम्रो मानिएको ट्रान्सगार्ड कम्पनीमा कार्यरत २४ सय ७९ जना नेपाली श्रमिक काम बिहीन भएका छन् । यो कम्पनीले यूएईका विभिन्न राज्यमा क्लिनर, सेक्युरिटी, हस्पिटालिटी लगायतका क्षेत्रमा आउट...