यूएई श्रम कानुन : निजी क्षेत्रमा काम गर्ने श्रमिकको ‘वर्किङ आवर’ कति ?

काठमाण्डाै – के तपाईं वैदेशिक रोजगारीको सिलसिलामा यूएईको कुनै निजी (प्राइभेट) कम्पनीमा कार्यरत हुनुहुन्छ ? यदि हुनुहुन्छ भने पछिल्लो समय परिमार्जित त्यहाँको श्रम कानुनको बारेमा थाहा पाउनुहोस् । यूएईले अब चाँडै कार्यान्वयनमा आउने गरि आफ्नो पुरानो श्रम कानुनमा निजी क्षेत्रको श्रम नियममाथि केही परिमार्जन गरेको गल्फ न्युजले जनाएको छ । अहिलेसम्म त्यहाँको निजी क्षेत्रको श्रममाथि नियमन गर्दै आएको सन् १९९० को संघीय कानुन नम्बर ८ लाई २०२१ को संघीय कानुन नम्बर ३३ ले विस्थापित गर्ने बताइएको छ । २०२१ को संघीय कानुन ...

सम्बन्धित सामग्री

श्रमिकको न्यूनतम पारिश्रमिक अझै कार्यान्वयन भएन

सरकारले उद्योग/प्रतिष्ठानमा काम गर्ने श्रमिकका लागि लागु गरेको न्यूनतम पारिश्रमिक सबै उद्योग/प्रतिष्ठानमा कार्यान्वयन नपाएको तथ्य सार्वजनिक भएको छ । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले गरेको श्रम कानुन कार्यान्वयनको विद्यमान अवस्थाबारेको श्रम अडिट प्रतिवेदन २०८० मा सरकारले गत साउन १ गतेदेखि लागु गरेको १७ हजार तीन सय न्यूनतम पारिश्रमिक २१.७ प्रतिशत उद्योग/प्रतिष्ठानमा कार्यान्वयन भएको छैन ।

साउदी अरबमा श्रम कानुन संशोधनकाे तयारी

साउदी अरब कामदारलाई काम नदिई राखेका कम्पनी र रोजगारदातालाई कारबाही गर्ने गरी कानुन संशोधनमा जुटेको छ। साउदी

अर्थमन्त्रीका कारण मोरङमा सञ्चालित उद्योगका १ हजार मजदूरले ‘रोजगारी’ गुमाए

अर्थमन्त्री जनार्दन शर्माका कारण मजदूरको मजदूरी खोसिन सुरु भएको छ । आज असार २२ गते बुधबारसम्म मात्रै पूर्वका उद्योगमा मजदूरी गर्ने १ हजार जनाले काम गुमाईसकेका छन् ।जेठ १५ गते ल्याएको बजेटले एमएस वायर उद्योगहरु बन्द हुने अवस्थामा पुगेपछि रडमा आधारित यस्ता उद्योगले मजदूर र कर्मचारी हटाउन थालेका हुन् । मोरङका ५ वटा यस्ता उद्योगले श्रम कानुन अनुसार ‘कन्ट्रयाक्ट’मा राखेका ६ सय बढी कर्मचारी कटौती गरेका छन् ।यस्ता उद्योगहरुले ३० दिनको म्याद राखेर अरु कर्मचारीहरुलाई पनि पत्र थमाईसकेका छन् । २ दिनको लागि मात्रै पुग्ने कच्चा पदार्थ रहेको र त्यसपछि कच्चा पदार्थ ल्याएर उत्पादन गराउन सक्ने अवस्था नरहेको भन्दै आफूहरुले ३० दिनको अवधि राखेर श्रम कानुन अनुसार कर्मचारीहरुलाई पत्र दिएको उद्योगी अनिल शारडाले बताए ।शारडा समूहद्वारा सञ्चालित पायनियर वायर्सले जीआई वायरतर्फ काम गर्ने सबै कर्मचारी हटाउने प्रक्रिया सुरु गरिसकेको छ ।‘९० जनालाई बिदा गरिसक्यौँ, केहीँ गरेपनि अर्थमन्त्री सुध्रिने अवस्था रहेन, त्यसैले अब हामी कच्चा पदार्थ ल्याएर काम गर्ने अवस्था रहेन, त्यहीँ भएर बाँकी ८४ जना मजदुर र २८ जना कर्मचारी पनि हटाउनुपर्ने बाध्यता पर्यो, त्यसैका लागि सूचना निकालेका हौँ’ उद्योगी शारडाले भने ।यसलाई उद्योगले बाध्यात्मक अवकाश भनेको छ ।कुन उद्योगले कति कर्मचारी हटाउँदैछन् ?अर्थमन्त्री शर्माले जीआई वायरको कच्चा पदार्थमा १० प्रतिशत भन्सार र प्रति मेट्रिक टन ४५ सय अन्तःशुल्क लगाएका छन् । भारतले पनि यस्तो कच्चा पदार्थ निर्यातमा गत मे २० बाट १५ प्रतिशत कर लगाएको छ । तर, अर्थमन्त्री शर्माले तयारी बस्तु करिब १७ प्रतिशत कर तिर्दा आईपुग्ने र नेपालमै उत्पादन गर्न कच्चा पदार्थको आयातमै समग्रमा २९.५ प्रतिशत कर लगाउने नीति लिएपछि जीआई वायर उद्योगहरु बन्द हुने बाटोमा छन् । तर एमएस वायरबाट उत्पादन गरिने तयारी जिआई वायरको आयात गर्दा साफ्टा सम्झौताअन्तर्गत नेपालमा ६ प्रतिशत भन्सार र प्रतिकिलो १० रुपैयाँ अन्तःशुल्क तिरे पुग्छ । यसैकारण ठूलो ब्यापारिक घराना विशाल ग्रुपले सञ्चालन गरिरहेको कमला स्टीलले आगामी शुक्रबारसम्म २ सय जना मजदुर हटाउँदैछ । प्रिमियर वायरका सञ्चालक पवन शारडाका अनुसार उनको उद्योगले पनि कन्ट्रयाक्टका २ सय जना मजदुर कटौती गरिसकेको छ । हुलास वायरकी सञ्चालिका युक्ति गोल्छाका अनुसार केही दिन काम गर्न पुग्ने कच्चा पदार्थ बाँकी रहेकाले त्यो सकिनासाथ यहीँ हप्ताभित्र कम्तीमा १५० जनाले मजदूरले रोजगारी गुमाउँदै छन् ।

ईयूले यसकारण गर्‍यो कतारको प्रशंसा

दोहा – रोजगारदाताको सहमति बिना कामदारलाई काम परिवर्तन गर्न दिएको भन्दै युरोपेली संघ (ईयू) ले कतारको प्रशंसा गरेको छ । युरोपेली संघद्वारा सार्वजनिक वार्षिक प्रतिवेदन अनुसार रोजगारदाताको सहमति बिना कामदारलाई काम परिवर्तन गर्न दिने कतार पहिलो देश हो । ईयूको वार्षिक प्रतिवेदन ‘विश्व २०२१ मा मानव अधिकार र प्रजातन्त्र’ ले कतारमा श्रम कानुन सुधार (प्रायोजन […]

यूएईमा कामदारले बिना सूचना कम्पनी परिवर्तन गर्न सक्ने

दोहा – संयुक्त अरब इमिरेट्स (यूएई) मा कामदारले बिना सूचना रोजगारदाता कम्पनी परिवर्तन गर्न सक्ने भएका छन् । यूएईको नयाँ श्रम कानुन अनुसार काम छोड्नको लागि कम्तीमा ३० दिन र बढीमा ९० दिनको लिखित सूचना पेस गर्नुपर्छ। यदि कुनै कर्मचारी जानकारीविना लगातार सात दिनसम्म अनुपस्थित भएमा रोजगारदाताले कामदारको स्थान र उनीहरूसम्म पुग्ने कुनै माध्यम नभएको […]

श्रम कानुन परिवर्तन : कतारमा आप्रवासी कामदारले कत्तिको सुविधा पाएका छन् ?

२ चैत, काठमाडौं । सायन (परिवर्तित नाम) कतारको एक कम्पनीमा सात वर्षदेखि काम गर्दै आएकी छिन् । उनी एक खाद्य स्टलमा साताको ६ दिन काम गर्छिन् । काम सुरु गरेयता अहिलेसम्म उनको तलब पनि बढेको छैन । साथै उनको तलब पनि फिलिपिन्सबाट कतार उड्ने बेलामा गरिएको सम्झौतामा उल्लेख गरिएको भन्दा कम छ । अलि सहज […]

कतारमा अब घरेलु श्रमिकले पनि तीन दिन अघि जानकारी दिएर काम छाड्न सक्ने

काठमाण्डौ – कतारमा घरेलु श्रमिकले तीन दिन अघि जानकारी दिएर काम छाड्न पाउने भएका छन् ।  कतारले आफ्नो श्रम कानुन सुधार गर्दै घरेलु श्रमिकका लागि यो नियम ल्याएको हो । यसअघि काम छाड्न रोजगारदाताको अनुमति (एक्जिट परमिट) अनिवार्य थियो । कतारले गरेको नयाँ निर्णअनुसार ग्यास, तेल कम्पनीमा कार्यरत, म्यारिटाइम, क...