भिजिट भिसामा यूएई पठाइ १२ जनालाई अलपत्र पारेको आरोपमा म्यानपावर सञ्चालक पक्राउ

काठमाण्डौ – ठगी आरोपमा टोखामा रहेको ट्रिपल स्टार इम्प्लोइमेन्ट प्रालिका सञ्चालक भीम गुरुङ पक्राउ परेका छन् ।  वैदेशिक रोजगारीको क्षेत्रमा भइरहेको समस्या उपर कारबाही गर्नका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गठन गरेको  ‘मार्सल टोली’ ले बिहीबार गुरुङलाई पक्राउ गरेको हो ।  यूएईको ग्लोबल सेक्युरिटी कम्पनीमा रोजगारी लगाइदिने भन्दै १२ जना युवाबाट ७ लाख ५० हजारका दरले रकम लिएर भिजिट भिसामा  पठाइ अलपत्र पारेको उजुरीका आधारमा गुरुङलाई पक्राउ गरिएको श्रम मन्त्रालयले जनाएको...