विद्युत व्यापार तथा ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोगका सम्बन्धमा छलफल गर्न नेपाल र भारतका ऊर्जा सम्बद्ध अधिकारीको नवौँ बैठक बुधबारदेखि सुरु भएको छ । कार्यक्रमअनुसार बुधबार सहसचिवस्तरीय बैठकको आयोजना गरिएको हो । बैठकमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौत, विद्युत विकास विभागका महानिर्देशक सञ्जीव देवलगायत सहभागी हुनुहुन्थ्यो । भारतका तर्फबाट विद्युत मन्त्रालयका …