नेपाल–भारत विद्युत व्यापार बढ्ने

नेपाल र भारतबीच ६०० मेगावाटसम्म विद्युुत आयात–निर्यात हुने भएको छ । बुधबार र बिहीबार काठमाडौंमा भएको नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकले ढल्केबर–मुजफ्फरपुर ४०० केभी सीमापार प्रसारणलाइनबाट हालको साढे ३०० मेगावाट क्षमतालाई बढाएर दोब्बर पार्ने सहमति गरेको हो ।उक्त प्रसारणलाइनबाट १२०० मेगावाटसम्म बिजुली आदानप्रदान हुन्छ । तर, हालसम्म ३५० मेगावाटमात्रै बिजुली आयात हुने गरेको छ । बैठकपछि […]

सम्बन्धित सामग्री

नेपाल, भारत र बंगलादेशबीचको विद्युत व्यापार सम्झौता रोकियो

काठमाडौं । आजका लागि तय भएको नेपाल, भारत र बंगलादेशका मन्त्रीबीचको विद्युत् व्यापारको त्रिपक्षीय सम्झौता रोकिएको छ । आरक्षणको विरोधमा बंगलादेशको हिंसात्मक आन्दोलनका कारण उक्त सम्झौता रोकिएको हो । ऊर्जा मन्त्रालयका प्रवक्ता नवीनराज सिंहले नेपाल, भारत र बंगलादेशीसँग हुने भनिएको त्रिपक्षीय विद्युत व्यापार सम्झौता रोकिएको बताए । सम्झौताका लागि अर्को मिति तय गरिने उनले बताए […]

नेपाल बंगलादेश विद्युत व्यापार चाँडै शुरु हुने प्रधानमन्त्रीको दाबी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल र बंगलादेशबीच चाँडै विद्युत व्यापार सम्झौता हुने बताउनुभएको छ । आज नेपाल विद्युत प्राधिकरणको ३८ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै दाहालले यस्तो बताउनुभएको हो । यही वर्षभित्र नेपाल र बंगलादेशबीच विद्युतको व्यापार शुरु हुनेगरी नेपाल, भारत र बंगलादेशका सचिवस्तरीय सम्झौता तथा हस्ताक्षर हुने तयारी अघि बढेको दाहालले बताउनुभयो । यसअघि इटाली भ्रमणका क्रममा रहेका बेला बंगलादेशका प्रधानमन्त्रीसँगको भेटमा विद्युत व्यापार बढाउने कुराकानी भएको उहाँको भनाइ छ ।   साथै उहाँले आफ्नो आगामी चीन भ्रमणमा ऊर्जा क्षेत्रमा दीर्घकालीन सहमति जुट्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।

ऊर्जा क्षेत्रमा सहकार्य गर्न बंगलादेशलाई चेम्बरको प्रस्ताव

नेपाल चेम्बर अफ कमर्सले ऊर्जा क्षेत्रमा सहकार्य गर्न बंगलादेश समक्ष प्रस्ताव गरेको छ । नेपाल छिट्टै विद्युत निर्यात गर्न सक्ने हैसियतमा पुग्न लागेको भन्दै बंगलादेशसँग विद्युत व्यापारका लागि चेम्बरले आग्रह गरेको हो । नेपाल बंगलादेशबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको अवसरमा काठमाडौंस्थित बंगलादेशी दूतावासमा शुक्रबार आयोजित कार्यक्रममा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले यस्तो आग्रह गरेका हुन् । नेपाल, भारत र बंगलादेशबीच भएको विद्युत व्यापार सम्वन्धी त्रिपक्षीय सम्झौताको व्यवहारिक कार

नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक : के के भयो सहमति ?

नेपाल–भारतबीच हाल सञ्चालनमा रहेको पहिलो अन्तर्देशीय ढल्केबर–मुजफ्फरपुर ४०० किलो भोल्ट प्रसारण लाइनबाट आयात निर्यात भइरहेको विद्युत क्षमतालाई ३५० मेगावाटबाट वृद्धि गरी ६०० मेगावाट पुर्याउने सहमति भएको छ । दुई देशबीच विद्युत व्यापार सम्झौताको कार्यान्वयन पक्षलाई सहजीकरण गर्न र यस सम्बन्धमा हुने प्रगतिको अनुगमन गर्न बनाइएको सचिवस्तरीय समितिको नवौं बैठकले बिहीबार यस्तो निर्णय गरेको हो ।नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्की तथा भारत सरकारको विद्युत मन्त

बुधबारदेखि नेपाल भारत ऊर्जा सचिवस्तरीय बैठक सुरु

काठमाडौं, फागुन १० । नेपाल भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक बुधबारदेखि सुरु हुने भएको छ । विद्युत व्यापार तथा ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोगका सम्बन्धमा छलफल गर्न बैठक बस्न लागेको हो । यस अघि संयुक्त निर्देशक समितिको बैठक २०७६ असोजमा भारतको बैंगलोरमा बसेको थियो । यसअघिका अनौपचारिक बैठक अनलाइनमार्फत आयोजना भएकोमा यस पटक भौतिक […]