नेपाल बंगलादेश विद्युत व्यापार चाँडै शुरु हुने प्रधानमन्त्रीको दाबी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल र बंगलादेशबीच चाँडै विद्युत व्यापार सम्झौता हुने बताउनुभएको छ । आज नेपाल विद्युत प्राधिकरणको ३८ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै दाहालले यस्तो बताउनुभएको हो । यही वर्षभित्र नेपाल र बंगलादेशबीच विद्युतको व्यापार शुरु हुनेगरी नेपाल, भारत र बंगलादेशका सचिवस्तरीय सम्झौता तथा हस्ताक्षर हुने तयारी अघि बढेको दाहालले बताउनुभयो । यसअघि इटाली भ्रमणका क्रममा रहेका बेला बंगलादेशका प्रधानमन्त्रीसँगको भेटमा विद्युत व्यापार बढाउने कुराकानी भएको उहाँको भनाइ छ ।   साथै उहाँले आफ्नो आगामी चीन भ्रमणमा ऊर्जा क्षेत्रमा दीर्घकालीन सहमति जुट्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।