‘नाकामा अझै विकास र अभावको पीडा उस्तै छ । हामी नेपाली भूमिमा बस्छौँ । नेपाली हौँ तर नेपाली हौँ भन्ने महसुस कहिल्यै हुँदैन । जब जब चुनाव आउँछ, नाकामा नेता पनि आउँछन् । सडक, बत्ति अनि खानेपानीका धारा घरघरमा ल्याइ दिने वाचा गर्छन् । तर जब चुनाव सकिन्छ, तब न नेता आउँछन्, न विकास आउँछ । उही भारतकै भरमा बाँच्नुपर्छ ।’यी भनाइ हुन्, भैसा नाकाका स्थानीय पूर्ण रोकाको । पुस्तौं भयो नाकावासीले विकासको सपना देख्दै भोट दिएको । दाङ निर्वाचन क्षेत्र नं. १ को गढवा र राजपुर गाउँपालिकाअन्तर्गत नेपाल&nd