एकै डिजाइनको बन्ने सरकारी वेबसाइट निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सरकारी निकायहरुको नाममा तयार हुने वेबपेजहरु एउटै स्टाण्डर्ड ढाँचामा निर्माणको कार्य अन्तिम चरणमा पुगेको हो । गत वर्ष सरकारले आफ्ना मातहतका सबै साइट एकै डिजाइनमा बनाउने निर्णय गर्दै सरकारी निकायको वेबसाइट निर्माण तथा सञ्चालन सम्बन्धी निर्देशिका, २०६८ खारेज गरी ‘सरकारी निकायको वेबसाइट निर्माण तथा व्यवस्थापन सम्बन्धी निर्देशिका, २०७८’ मन्त्रिपरिषद्बाट पास गरेको थियो ।