काठमाण्डाै - भोलिदेखि सुरु हुने टाइफाइड विरुद्धको राष्ट्रिय खोप अभियानको तयारी पूरा भएको छ । खोप अभियानको आज प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको छ ।
विश्व स्वास्थ्य दिवसका अवसरमा काठमाण्डौको दरबार हाइस्कुलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले खोप अभियानको उद्घाटन गर्नु भएको हो।
आज उद्घाटन भएको राष्ट्रिय खोप अभियान भोलिदेखि देशभर सुरु हुनेछ । आउँदो वैशाख १८ गतेसम्म चल्ने अभियानमा १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप दिइनेछ । यो उमेर समूहका झन्डै ७५ लाख बालबालिकालाई खोप दिने सरकार...