जुम्ला – जुम्लामा टाइफाइड रोग विरुद्धको खोप अभियान शुरु हुँदै छ । आगामी चैत २५ देखि २०७९ को बैशाख ७ गते सम्म जुम्लामा टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाका अनुसार जुम्लाका सबै पालिकाका १५ महिनादेखि माथि र १५ वर्ष मुनिका ४२ हजार ४ सय २० जना बालबालिकालाई टाइफाइड विरुद्धको टीसिभी खोप लगाइने छ ।
उहाँका अनुसार खोपबाट बचाउन सकिने रोगहरुलाई शून्यमा झार्ने नेपाल सरकारको लक्ष्य अनुसार जुम्लामा बढ्दो टाइफाइड रोग विरुद्ध खोप अभियान...