जिल्लामा शुक्रबारदेखि टाइफाइड विरुद्धको खोप अभियान सुरु भएको छ । १५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई सरकारले टाइफाइड विरुद्धको खोप लगाउन थालेको हो । जिल्ला समन्वय समिति प्रमुख राजकुमार शर्माले अभियानको सुरुवात गरेका हुन् । मुसीकोट नगरपालिका–१, को त्रिभुवन जनता माध्यमिक विद्यालयबाट अभियानको सुरुवात गरिएको हो ।