काठमाडौं : कसैलाई केही फलिपाप भयो भने भनिन्छ, खुदो पल्टियो। तर साँच्चिकै खुदो कसरी पल्टिन्छ ? नयाँ पुस्तालाई थाहा नहुन सक्छ।उखुको रस पकाएर खुदो बनाउने चलन केही ठाउँमा मात्रै बाँकी छ। कास्की पोखरा महानगरपालिका–३२ को मालेपाटन र ढोडबेसीँमा खुदो पकाउने चलन हराएको छैन।पोखरा ३२ मालेपाटन र ढोडबेसीँमा पुर्खाका पालादेखि नै उखुखेती हुन्थ्यो। कहिलेदेखि उखुखेती हुन्थ्यो यकिन नरहेको स्थानीय बताउँछन्। मालेपाटन र ढोडबेसीँका करिब ८० परिवारले २०० रोपनीमा उखुखेती गर्दै आएका छन्। त्यही उखु पेल