स्याङ्जा : उखु पेलेर खुदो निकाल्ने परम्परागत घरेलु मेसिन कोल प्रयोग अचेल विस्थापित भैसकेको छ। कृषि क्षेत्रमा आधुनिकीकरण र यान्त्रीकरणले फड्को मारेपनि स्याङ्जाको चापाकोट नगरपालिकाका कृषकहरूले भने कोलबाट खुदो निकाल्ने पेसालाई संरक्षण गरिरहेका छन्। यहाँ अमिलोबाट चुक र उखुबाट खुदो पेल्न कोलको प्रयोग गरिँदै आएको छ। तराई क्षेत्रबाट आयात गरिने रसायन मिसावट भएको खुदोले यहाँको उत्पादनलाई असर गरिरहँदा भने किसानहरू चिन्तित छन्।चापाकोट-१० भुमरीघाटका उखु कृषक ओम प्रसाद भट्टराई भन्छन