आँपचौरमा सहिद पार्क बन्दै, कफि क्षेत्रको प्रचारसंगै पर्यटनमा जोड

गुल्मीको मुसिकोट नगरपालिकाले कफिको व्यवसायीक उत्पादन वृद्धि गरी कृषि पर्यटनमार्फत आर्थिक समृद्धिको परिकल्पना गरेको छ। परिकल्पनाअनुसार नगरपालिकाको वडा नं ५ स्थित आँपचौरमा ‘तल्लाफाँट शहिद पार्क’ निर्माण हुँदैछ। अहिले पार्कमा शहिद गेट,...

सम्बन्धित सामग्री

सहिद दिवस मनाउन वनमन्त्री डा. महतो राष्ट्रिय सहिद पार्क गोकर्ण जगडोलमा

काठमाडौं, १६ माघ । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतो काठमाडौंको गोकर्ण जगडोलमा रहेको राष्ट्रिय सहिद पार्कमा आयोजित कार्यक्रममा सहभागी भएका छन् । सो अवसरमा मन्त्री महतोले वृक्षारोपण गर्नेदेखि सम्मान गर्नेसम्ममा व्यस्त भए । आजबाट साताव्यापी सहिद दिवस सुरु भएको छ। सहिद दिवसको अवसरमा आज (मंगलबार) राष्टिय सहिद तथा शान्ति पार्क निजामती (स्मारक) र […]

हेटौंडामा विश्वकप पार्क

हेटौंडा । कतारमा जारी फिफा विश्वकप खेलमा सहभागी ३२ राष्ट्रका खेलाडीलाई नेपाल भ्रमणमा आउन निम्तो दिने उद्धेश्यले हेटौंंडाबाट अभियान सुरु गरिएको छ । एष्ट्रोनोभा फाउन्डेसन नेपालले हेटौंडा–११ को सहिद स्मारकमा वल्र्डकप पार्क निर्माण गरी उक्त सन्देशप्रवाह गरेको हो । सहिद स्मारकभित्र एक महिनासम्मका लागि पार्क निर्माण गरिएको हो । पार्कमा विभिन्न देशका झण्डा, नाम चलेका […]

कराेडाैँ लगानीमा बनेकाे राैतहटकाे सहिद स्मृति पार्क अस्तव्यस्त (तस्विरसहित)

काठमाडाैँ- करोडौँ रुपैयाँ खर्च गरेर निमार्ण गरिएको रौतहटको चन्द्रपुर नगरपालिका -२ स्थित सहिद स्मृति पार्क अहिले झाडीमा परिणत हुँदै गएको छ। संरक्षण र प्रवर्द्धनको अभावमा सो पार्क र त्यहाँका संरचनाहरू दिनानुदिन जीर्ण हुँदै गइरहेका हुन्। सो पार्कमा धेरैभन्दा धेरै पर्यटक भित्र्याएर पर्यटनको विकास गर्ने लक्ष्य अहिले लक्ष्यमा नै सीमित भएको छ। वनटोल महिला सामुदायिक वनको […]

सहिदको सम्मानप्रति सरकार गम्भीर छ: मुख्यमन्त्री शाही

प्रदेश स्थापना दिवसको अवसरमा शुभकामना सन्देश दिँदै मुख्यमन्त्री शाहीले सहिदको सम्मानमा ‘सहिद स्मारक पार्क’ निर्माण गर्नुका साथै सहिद परिवारका सन्ततीहरुका लागि छात्रवृत्ति र ‘सहिद परिवार भत्ता’को व्यवस्था गरिएको बताए।...

जनआन्दोलनका सहिद सुरज र राजनको स्मृति दिवस मनाइयो

झापा :  आज बैशाख ६ गते, तत्कालीन शाही सेनाको गोली लागेर झापाली दुई सपुतले सहादत प्राप्त गरेको दिन।सोही दिनको सम्झनामा सहिद सुरज विश्वास र राजन गिरीको १६ औं स्मृति दिवस झापामा विविध कार्यक्रम गरी मङ्गलबार मनाइएको छ।२०६२–६३ को दोस्रो जनआन्दोलनका क्रममा आजकै दिन सदरमुकाम भद्रपुर स्थित चन्द्रगढीमा सहिद सुरज विश्वास र राजन गिरीले शाही शासनको अन्त्य गरी देशमा लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि बलिदान दिएका थिए।सोही अवसरमा सहिद सुरज विश्वास पार्क निर्माण समितिले भद्रपुरमा श्रद्धाञ्जली

रौतहटमा माओवादीका प्रथम शहीदको नाममा स्मृति भवन र पार्क निर्माण

रौतहटको फतुवा विजयपुर नगरपालिकामा शहीद मनरुप महतो स्मृति भवन तथा पार्क निर्माण भएको छ । नेकपा माओवादीको रौतहटको प्रथम सहिद महतोको नाउँले फतुवा विजयपुर ९ मा स्मृति भवन तथा वडा ११ भैंसहीमा स्मृति पार्क निर्माण  गरिएको हो ।जनयुद्धको क्रममा फतुवा विजयपुर ११ भैंसहिका माओवादी कार्यकर्ता मनरुप महतो रौतहटका पहिलो शहीद हुन । महतोको मकवानपुर र सिन्धुलीको सिमानामा रहेको तोरीबारिमा २०५७ साल भदौ ५ गते आफैले बम बनाएर चेक गर्ने क्रममा दुर्घटनावश मृत्यु भएको नेता त्रिभुवन साहले जानकारी दिएका छन्

सहिद दिवसः फूलको थुंगासमेत नपाएका सहिदका सालिक

तनहुँ – पृथ्वी राजमार्गको छेउमा सहिद लालध्वज पार्क छ। कोत्रे बजारमा रहेको सानो पार्कमा सहिद लालध्वज गुरुङसँगै सर्वसिङ गुरुङ, हस्तवीर गुरुङ र इमानसिङ गुरुङको सालिक ठडाइएको छ। ढुंगामा कुँदिएको सालिक राजमार्ग छेउमै भएकाले धुलाम्मे देखिन्छ। ढुंगा बिछ्याइएको पार्कमा पनि धुलो जमेर त्यसैमाथि झारपात उम्रेका छन्। आइतबार देशभर सहिद दिवस मनाइएको छ। देश परिवर्तनका निम्ति क्रान्तिमा […]

सन्दर्भ सहिद दिवस : एउटा बिद्रोही गाउँ ‘पुलिमराङ’

तनहुँ – व्यास नगरपालिका-८ पुलिमराङ गाउँको सिरानमा सहिद पार्क बन्दैछ । पार्कको स्मारकमा सहिद भारत गुरुङ, शमसेरबहादुर गुरुङ, लालध्वज गुरुङ, धर्मध्वज गुरुङ, सर्वसिंह गुरुङ, हस्तवीर गुरुङको लहरै अर्धकदको प्रतिमा छन् । यी सबै सहिद पुलिमराङको माटोले जन्माएको हो । जो राणा शासन र निर्दलीय पञ्चायती व्यवस्थाविरुद्ध होमिए, शहादत प्राप्त गरे । १ माघ २००७ मा […]

सहिद पार्क निर्माण धमाधम

सिस्ने गाउँपालिका–२, नेटामा सहिद स्मृति पार्क निर्माणमा सम्पन्न हुने चरणमा छ । सशस्त्र युद्धका क्रममा मारिएकाको सम्झना र सम्मानमा पार्क बनाउन लागिएको हो । तीन वर्षदेखि निर्माणाधीन यो पार्कमा सहिदहरूको अर्धकदको सालिक राखिनेछ ।

सहिद सुरज विश्वास र राजन गिरीको १५ औं स्मृति दिवस मनाइयो

झापा : वैशाख ६, झापाली दुई सपूतले सहादत प्राप्त गरेको दिन। सोही दिनको स्मरणमा सहिद सुरज विश्वास र राजन गिरीको १५ औं स्मृति दिवस झापामा विविध कार्यक्रम गरी मनाइएको छ। २०६२–६३ को दोस्रो जनआन्दोलनका क्रममा आजकै दिन झापाको सदरमुकाम चन्द्रगढीमा नेपाली सेनाको गोली लागेर सहादत प्राप्त गरेका सहिद सुरज विश्वास र राजन गिरीले देशका लागि बलिदान दिएका थिए।सोही अवसरमा सहिद सुरज विश्वास पार्क निर्माण समितिले सोमबार बिहान भद्रपुरमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ। भद्रपुर-६ स्थित सहिद सुरजको अर्ध कदको सा