पछिल्लो समय नेपालीमा कफी पिउने चलन बढ्दै गएको छ । साथै नेपालको कफीको अन्तर्राष्ट्रिय स्तरमा पनि उच्च माग रहेको छ । हालको अवस्थमा नेपालमा उत्पादित कफीको निर्यातभन्दा आयात नै बढी छ । आन्तरिक खपत र विदेशसमेत निर्यातका लागि कफिको उत्पादन बढाउनुपर्ने सोमबार पोखरामा आयोजित एक कार्यक्रममा बताइएको छ ।