नेपालमै पहिलो पटक काठमाडौंमा राष्ट्रिय कफी सम्मेलन तथा प्रदर्शनी, लगानी भित्र्याउन छलफल

काठमाडौं । काठमाडौंमा ४ दिने राष्ट्रिय कफी सम्मेलन तथा प्रदर्शनी २०८० जारी छ । नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनले कफीको क्षेत्रमा लगानी भित्र्याउने र नेपाली कफी विस्तार गर्नेबारेमा छलफल गर्नेछ ।  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, नेपाल पर्यटन बोर्ड, युरोपियन युनियन व्यापार तथा लगानी परियोजना र इन्टरनेशनल ट्रेड सेन्टरको सहकार्य एवं समन्वयमा सम्मेलन आयोजना भएको हो ।  नेपाल कफी व्यवसायी महासंघका अध्यक्ष ओमनाथ अधिकारीले कफी सम्मेलन नेपालमै पहिलो पटक भएको बताए । ‘यो कफी सम्मेलन पहिलो नेशनल कफी च्याम्पियन हो र यसको एग्जिबिशन पनि छ । यहाँ देशका विभिन्न जिल्लामा उत्पादन भएका कफी राखिएका छन्,’ उनले भने ।  सम्मेलनले युवाहरूलाई कफी व्यवसायको क्षेत्रमा लाग्न प्रेरित गरेको र यसबाट आन्तरिक बजारलाई प्रवद्र्धन गरेको उनको भनाइ छ । सम्मेलनमा कफी उत्पादनमा जोड दिन र उत्पादनमा रहेका कमजोरीलाई समाधान गर्न पनि छलफल गरिने उनले बताए ।    सम्मेलनमा देशका ३० ओटा जिल्लाका कफी उत्पादकहरू सहभागी छन् । कफीको प्रवर्द्धनका लागि आयोजकले विभिन्न विधामा प्रतिस्पर्धा गराउने बताएको छ ।  प्रतिस्पर्धाबाट उत्कृष्ट चुनिएकाहरूले स्वदेशमा मात्र नभई विदेशमा पनि आफ्नो कला प्रस्तुत गर्न मद्दत पुग्ने आयोजकको भनाइ छ । मेलामा सहभागी व्यवसायी तथा कफी उत्पादकहरूले मेलाले आफ्ना ग्राहकहरूसमक्ष पुग्न सहज माध्यम बनेको बताए । यस्ता सम्मेलनले उपभोक्तासम्म आफूलाई जोड्न र बजार व्यवस्थापनमा टेवा पुग्ने उनीहरूको विश्वास छ ।  काठमाडौको नयाँबजारस्थित सासा बैंक्वेटमा शनिवारबाट शुरु भएको सम्मेलन असार ५ गतेसम्म चल्नेछ ।

सम्बन्धित सामग्री

अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन काठमाडौंमा सुरु

सार्कस्तरिय वैज्ञानिक सम्मेलन काठमाडौंमा सुरु भएको छ।   १८ औं एसएफओ अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन तथा छैठौ एसएफओ नेपाल सम्मेलन बिहीबारबाट काठमाडौंमा सुरु भएको हो।

काठमाडौंमा पहिलो डिजिटल स्वास्थ्य सम्मेलन सम्पन्न

मंगलबार काठमाडौंमा पहिलो डिजिटल स्वास्थ्य सम्मेलन सम्पन्न भएको छ। मंसिर १२ र १३ गते २ दिनसम्म आयोजना भएको सो सम्मेलन नेपालमा पहिलोपटक आयोजना भएको हो।

काठमाडौंमा मेरुदण्ड शल्यक्रिया सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन

मेरुदण्डको शल्यक्रिया सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ।

स्वास्थ्य वैज्ञानिकहरूको आठौं राष्ट्रिय सम्मेलन काठमाडौंमा

स्वास्थ्य वैज्ञानिकहरूको आठौं राष्ट्रिय सम्मेलन काठमाडौंमा शुरु भएको छ । तीन दिने सम्मेलन आइतबार सुरु भएको हो । सम्मेलनमा  विभिन्न विषयमा गरिएका अनुसन्धानलाई जनतामाझ लैजाने विषयमा छलफल हुने नेपाल स्वास्थ्य...

शुक्रबारदेखि काठमाडौंमा सीईओ सम्मेलन

२४ चैत, काठमाडौं । राष्ट्रिय व्यवस्थापन सम्मेलन तथा सीईओ सम्मेलन २०२२ शुक्रबारदेखि काठमाडौंमा सञ्चालन हुने भएको छ । नेपाल व्यवस्थापन संघ (म्यान)ले २५ र २६ चैतमा यस्तो सम्मेलन हुन लागेको जनाएको छ । सम्मेलनको अर्थमन्त्री जनार्दन शर्माले उद्घाटन गर्नेछन् । सो अवसरमा अर्थविद् डा. विश्वास गौचन र प्राडा महानन्द चालिसेले कार्यपत्र प्रस्तुत गर्ने संघले जनाएको […]

काठमाडौंमा एक दिने ‘बिरामी सुरक्षा सम्मेलन’ हुने

स्वास्थ्य संस्थामा बिरामीको सुरक्षा सम्बन्धी बहस गर्ने उद्देश्यले काठमाडौंमा एक दिने ‘बिरामी सुरक्षा सम्मेलन’ हुने भएको छ।

तेस्रो ग्लोबल अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा हुँदै

तेस्रो ग्लोबल अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ । व्यवस्थापनको क्षेत्रमा विश्वव्यापी प्रचलन र अध्ययनको बारेमा छलफल गर्न सम्मेलन आयोजना गरिएको हो ।

माओवादी केन्द्रले राष्ट्रिय सम्मेलन काठमाडौंमा गर्ने

नेकपा(माओवादी केन्द्र)को आगामी राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ । मंगलवार बसेको स्थायी कमिटी बैठकले पार्टीको राष्ट्रिय महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले बताए ।  माओवादी केन्द्रले राष्ट्रिय सम्मेलन...

माओवादीको राष्ट्रिय सम्मेलन काठमाडौंमा गर्ने निर्णय

नेकपा(माओवादी केन्द्र)को आगामी राष्ट्रिय सम्मेलन काठमाडौंमा गर्ने निर्णय भएको छ । नेकपा(माओवादी केन्द्र)को मंगलवार बसेको स्थायी कमिटी बैठकले पार्टीको राष्ट्रिय महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको हो । माओवादी केन्द्रले राष्ट्रिय सम्मेलन पुष ११ गतेदेखि १३ गतेसम्म गर्ने निर्णय यस अघि नै गरिसकेको थियो । त्यसैगरी बैठकले प्रदेश पदाधिकारीहरूको सम्बन्धमा पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा सम्बन्धित प्रदेश भित्रका केन्द्रीय कमिटी सदस्यहरुसँग परामर्श गरेर टुंगो लगाउने